८ आश्विन २०८१, मंगलवार
खानेपानी सम्बन्धि तालिम कोहलपुरमा शुरु

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०७९, सोमबार १८:०२

बांके, कोहलपुर: खानेपानी आयोजनाको मर्मत सम्भारका लागि कोहलपुरमा ५ दिने तालिम सुरु भएको छ । लुमन्ति आवासको लागि सहयोग समुह र खानेपानी डिभिजन कार्यालय बाकेको सयुक्त आयोजनामा संचालित तालिममा कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिकाका खानेपानि आयोजनाहरुमा कार्यरत मर्मत सम्भारकर्ता (पलम्बर) हरुलाई लक्षिग गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

खानेपानी डिभिजन कार्यालय बाकेका प्रमुख तिलक न्यौपानेको प्रमुख आथितयमा तथा कोहलपुर नगरपालिकाका सामजिक बिकास साखा सयोजक ईश्वरी बि.क. को विशेष आथित्यतामा उक्त कार्यक्रम आज सोमबार देखि सुरु भएको हो । कार्यक्रममा कोहलपुर नगरपालिकाका र बैजनाथ गाउपालिकाका १७ खानेपानी आयोजनाका करिब ३० बढि ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खानेपानती संस्थाहरुमा आउने बिभिन्न समस्या हरुरुको समाधानका उपाए र निराकरणका बारेमा बिभिन्न क्षेत्रका बिज्ञ टोलीले प्रशिक्षण र अन्र्तक्रिया समेत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख सुभाष पौडेलको समेत उपस्थिती रहेको थियो । तालिमको प्रयोगात्मक प्रशिक्षण बैझनाथ ४ स्थित नौबस्ता खानेपानी आयोजनाम २५ गते सम्म संचालन हुनेछ ।

Nabintech