८ आश्विन २०८१, मंगलवार
सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसिप सम्झौता

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार ०८:४४

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार दराजसँग  ११.११ अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५५ सम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ।

ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेबिट कार्डका लागि आवेदन दिन बैंकले अनुरोध गरेको छ।  यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई  सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बैंकले जनाएको छ।

 

Nabintech