८ आश्विन २०८१, मंगलवार
परिवर्तनका पक्षधर हाम्रो साथमा छन हाम्रो जीत सुनिश्चित छ : काफले

“सकारात्मक र रचनात्मक सल्लाह सुझाव एवम् परामर्शका लागि समाजका प्रवुद्व व्यक्तिहरुले नै सक्रियता''


  • टाइम्स संवाददाता

  • २३ कार्तिक २०७९, बुधबार १८:३१

बांके, कोहलपुर: कोहलपुर रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका उमेद्वार आनन्दबावु काफलेले मतदाता भेटघाट तथा चुनावी घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । निर्वाचन क्षेत्र अन्तरगतका तीन स्थानीय तह कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउपालिकाका मतदाताहरुमाझ चुनाव चिन्ह घण्टी लिएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

“पार्टीले अघि सारेको वाचा–पत्रले धेरै मतदाताहरुको भावना र विचार समेटिएकाले मतदाताहरुको सद्भाव र सहानुभूतीले थप उर्जा मिलेको छ ।” प्रतिनिधी सभा सदस्य पदका उमेद्वार काफलेले बताए । पार्टीको वाचा–पत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डालाई हरेक नेपाली नागरिकको मनोभाव रहेको चुनाव प्रचार–प्रसारको क्रममा प्रतिक्रिया पाएका छौ काफलेले भने ।

बाँकेको निर्वाचन क्षेत्र नं. १ मा पर्ने तीनवटै स्थानिय तहका मतदाताहरु राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा पनि पार्टीले अघि सारेको फरक एजेण्डा पेचिलो बन्दै गएकाले हामी झन उत्साहित बनेका छौं काफलले कोहलपुर टाईम्सलाई भने । कुनै राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा भएको बंशज नेपाली नागरिक हुनुपर्ने एजेण्डा वास्तवमै मतदाताहरुको चाहना रहेछ, हामीले निर्वाचनमा विजयी हासिल गर्ने प्रमुख आधार नै पार्टीले अघि सारेको ७ बुँदे विशेषता रहेको उनले भने ।

७ बुँदे विशेषता के रहेछ भन्ने प्रश्नमा काफले भन्छन्–“ प्राइमरी निर्वाचन, युवालाई ५० प्रतिशत एकको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था, डिजिटल डेमोक्रेसीको व्यवस्था, परिवारवादलाई पूर्ण रुपमा निषेध र भातृसंगठन र कार्यकर्ताविहिन संगठन नै हाम्रो पार्टीको विशेषता हुन् ।” अझ बलियो स्वास्थ्य संयन्त्र, हाम्रो मुख्य मन्त्र भन्ने मुल नाराले गुणस्तरीय स्वास्थ्य सेवाको नागरिक अधिकार प्रत्याभूतीमा हाम्रो पार्टी संवेदनशी छ, हामीलाई मतदाताले विश्वास र भरोसा गर्ने अर्को आधार यही भएकाले अबको निर्वाचनमा मतदाताहरु परिवर्तनका लागि घण्टी चुनाव चिन्हमा मतदान गर्न व्यग्र पर्खाइमा रहेको काफलेले जिकिर गरे ।

मंशिर ४ नजिकिदै गर्दा घण्टी चुनाव चिन्हमा मतदानको अपिल गर्दै काफले सहितको समूहले कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका अधिकांश वडाहरुमा पहिलो चरणको मतदाता भेटघाट सम्पन्न गरिसकिकेको छ ।
चुनावी अभियन्तामध्यका सफल व्यवसायी सिएम उपाध्यायलेका अनुसार अब बाँकी रहेका स्थानीय तहहरुका वडाहरुमा मतदाता भेटघाट कार्यक्रमलाई थप तिब्रता दिने र जनता परिवर्तनको पक्षधर रहेकाले पुराना संसदवादी दलहरुको विकल्प नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदाताले आत्मसाथ गरिरहेको बताए ।

अब परिवर्तनको विकल्प नै परिवर्तन भएकाले हामी ढुक्क छौ  अभियन्ता उपाध्यायले थपे । “सकारात्मक र रचनात्मक सल्लाह सुझाव एवम् परामर्शका लागि समाजका प्रवुद्व व्यक्तिहरुले नै सक्रियता देखाइरहनुभएको छ, हामी मात्र नभई स्वमय् मतदाताहरु नै उत्साहित भइरहेको अवस्थामा चुनावी नतिजा कता जान्छ स्पष्ट भइसकेको छ ।” राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर सचिव भरत पनेरुको प्रतिक्रिया रहेको छ ।

Nabintech