८ आश्विन २०८१, मंगलवार
बैंकहरु बैधानिक लुटेरा हुन : केन्द्रिय सदस्य अधिकारी

''कमिसनखोर अर्थमन्त्रि राजिनामा दे, तरलता कायम गर्न नसक्ने गर्भनर राजिनामा दे, ब्यबसायीहरुको रोजिरोटिको ज्ञारेन्टि गर , निकम्मा सरकार मुर्दाबाद''


  • प्रमोद रिजाल

  • २४ कार्तिक २०७९, बिहीबार १३:५२

बांके, कोहलपुर: नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले बैंकहरुलाई बैधानिक लुटेराको संघ्या दिएका छन । बैंकले ४९ प्रतिशत सम्म नाफा गर्दा पनि तरलता देखाउदै ६ प्रतिशतको ब्याजलाई १७ प्रतिशत सम्म पुर्याएर ब्यवसायीहरुको ढाड सेकेको भन्दै अधिकारीले ब्यापारीहरुले २० प्रतिशत नाफा खादा कालो बजारी गरेको संग्या दिने सरकार कानमा तेल हालेर ठुला ब्यापारीसंग मिलेको आरोप लगाए ।

कोहलपुर उद्योग बाणिज्य संघले आज बिहिबार आफना बिरोधका कार्यक्रम सहित राष्ट्र बैंक अगाडि आयोजित बिरोध सभा तथा धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले उक्त आरोप लगाएका हुन । केन्द्रमा बिरोधका कार्यक्रम स्थगित गर्ने भनि बैंकर्स संघ र उद्योग बाणिज्य संघका सिमित ब्यक्तिहरुबिच सांठगांठ भएको प्रति आपत्ति जनाउदै अधिकारीले आन्दोलन फिर्ता नहुने बरु चरणबद्धरुपमा बैंकहरुमा ताला समेत लगाउन आफु पछि नहटने चेतावनि दिए । गर्भनर र बैंकर्सहरुसंग मिलेर केहि सिमित ब्यक्तिहरुले साना ब्यापारी मार्ने काम भएको औंल्याउदै केन्द्रिय सदस्य अधिकारीले अर्थमन्त्रि र गर्भनरको राजिनामाको समेत माग गरेका छन ।

हामी कुनै दलको मतियारको रुपमा सडकमा नआएको चर्चा गर्दै अधिकारीले निर्वाचन आउनु र जानुमा हाम्रो कुनै सरोकार नभएका जनाउदै यो आन्दोलनको आधिबेहरी निर्बाचन भयो भन्दैमा रोकिन नसक्ने जिकिर गरे । आधार दर र ब्याजको न्योचित हेरबिचार नगरे हामी राज्यका बिरुद्ध संघर्ष गर्ने जनाएका अधिकारीले देशको अर्थतन्त्र टाट पल्टिदा सम्म अर्थमन्त्रि र गर्भनरले राज्यको कुर्चिमा बस्न लाज नमानेको, गैर ब्यापारी र पुजिपतिहरुको पृष्टपोषण गरिरहेको बताए ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्माले ब्यापारीमारा निकम्मा सरकार किनारा लाग्नुपर्ने भन्दै न्यायोचित सम्बोधन नहुदा सम्म आफुहरु कफन बांधेर सडक तताउन पछि नपर्ने बताए । उन्ले अहिले हामी शान्तिपुर्ण धर्ना ज्ञापनपत्र मात्र पेश गर्दैछौ यो चेतावनी हो देशभरिका ब्यापारीहरु एकै पटक सडकमा आए राज्यले थाम्न नसक्ने भन्दै बेलैमा अर्थमन्त्रि स्तरीय उच्च आयोग बनाई ब्याजका दरहरु तय गर्न अनुरोध गरे ।

कर्जा लिंदा एउटा सम्झौता गरेर ब्याज निर्धारण गर्ने तर पछि आफै मनोमानी रुपमा बढाउने यो बैंकहरुको लुटुवा प्रबृती नभएर के हो उन्ले प्रतिप्रश्न गरे ।

कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले अर्थिक ‘संकटका बेलामा सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुको साटो बैंकहरुले एकोहोरो पेलेको’ भन्दै भालिका दिनहरुमा सर्बसाधारण समेत सडक आन्दोलनमा आउन बाध्य पार्न लागिएको औंल्याए । राज्यको आयश्रोतको प्रमुख हिस्सा उद्योगि ब्यापारी नै भएकाले यस्तो बिषम परिस्थितीको राज्यले बेलैमा सम्बोधन नगरे राज्यले नै ठुलो क्षति ब्यहोर्नपर्नेमा जोड दिए ।

बिरोध सभा तथा धर्ना कार्यक्रममा बांके, बर्दिया अटो एसोसियटसका अध्यक्ष मन प्रसाद आचार्य, कोहलपुर उद्योगा बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ , बांके चेम्बर अफ र्कर्मसका उपाध्यक्ष गोपाल प्रसाद अधिकारी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए भने नेपाल राष्ट्र बैंकका नेपालगञ्ज प्रमुख निभा श्रेष्ठलाई कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले ज्ञापन पत्र पढेर सुनाउदै हस्तान्तरण गरेका थिए ।

आन्दोलित ब्यापारी तथा ब्यबसायीहरुले आज नै बांकेका प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझाउनु अगाडि उद्योगी, ब्यबसायी तथा ब्यापारीहरुले ”कमिसनखोर अर्थमन्त्रि राजिनामा दे, तरलता कायम गर्न नसक्ने गर्भनर राजिनामा दे, ब्यबसायीहरुको रोजिरोटिको ज्ञारेन्टि गर , निकम्मा सरकार मुर्दाबाद”लगाएतका चर्का नाराबाजि समेत गरेका थिए ।

बिज्ञप्ति

 

भिडियो:

Nabintech