कोहलपुर: बाँके निर्वाचन क्षेत्र नम्बर १ मा एमाले राप्रपाको तालमेलबाट उम्मेदवार बनेका सुर्य ढकाल आक्रमक रुपमा प्रचार प्रसारमा जुटेका छन छन् । एकै दिन नरैनापुर, राप्ति सोनारी र कोहलपुरका बिभिन्न आधर इलाकामा पुगेर सम्बोधन गर्न पनि उनी आक्रामक चुनावी प्रचारमा लागेको बिद्यार्थी नेता माधव पौडेल बताउछन ।
त्यसो त एमाले राप्रपा गठबन्धनले आफना भातृ संगठनहरुलाई टोल कमिटि समेत परीचालन गरि सुर्य ढकाल जिताऔं अभियानलाई तिब्रता दिएको छ । बांके क्षेत्र नं. १ का चुनाव प्रचार प्रसार कमिटीका संयोजक बलराम भट्टराईका अनुसार दुई गाउ पालिका र एक नगरपालिकामा टोल, वडा देखि पालिका कमिटी सम्म यतिबेला जनभेला तथा उम्मेदवारसंग अन्तरक्रिया गराउन भन्दै गाउ गाउ पुगोका छन ।
पार्टिका आधार ईलाकामा सुर्य कम्रेडले सम्बोधन गर्ने गरि कार्यक्रम सेटिगं गर्ने गरेका छौं, उम्मेदवारलाई जहाका जनताले भेटने तिब्र इच्छा राख्छन सो ठाउमा उम्मेदवार भेटाउने र छलफलमा सहभागि गराउने गरेका छौं भट्टराईले कोहलपुर टाईम्सलाई भने ।
यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा भएपनि तर, आफु नयाँ अनुहार भएकाले मतदाताको रोजाईमा आफु परेको ढकालले अनुभुत गरेको बताएका छन ।
यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ, नागरिकले व्यक्ति मात्रै होइन, पटक पटक पार्टी समेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार बताउँछन् । उनले भने, पूरानाले अपेक्षा अनुसारको भूमिका खेल्न नसकेकाले नयाँ विकल्प खोज्ने गरेका हुन सक्छन,’ परियारले भने ।
जनताले सोचे अनुसार जनप्रतिनिधीहरु क्रियाशील नभएकाले नयाँ विकल्पको खोजी भएको हुनसक्ने उनले बताए । जनताको दुःखमा साथ दिने र जनताका काम गर्ने नेतालाईनै मत दिने मुडमा मतदाता रहेको उनको भनाई छ ।