९ मंसिर २०८१, आईतवार
स्थानीय स्तरमा आर्थिक र समुन्नत नरैनापुर बनाउँन आफ्नाे पहिलो प्राथमिकता

  • टाइम्स संवाददाता

  • २६ कार्तिक २०७९, शनिबार १७:२२

काेहलपुर: पछिल्लो समय नेकपा एमाले का प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकाल नरैनापुर गाउँपालिकाका विभिन्न वडामा चुनावी एजेन्डा तथा घरदैलो कार्यक्रम मा केन्द्रीकृत भएका छन ।

करिव २२ हजार मतदाता रहेकाे यश पालिकामा उम्मेदवारकाे छनाेट भने अनाैठाे रहेकाे राजनीति विस्लेषकहरूकाे भनाइ रहेकाे पाईन्छ जस्काे कारण विकास र समृद्धि र चेतनाको विकास हुन सकेको देखिदैन । मतदाताहरूकाे आर्थिक तथा समाजिक विकास सगै पूर्वाधार विकासकाे मुख्य एजेन्डा सँगै राप्तिकाे कटान राेकथामका एजेन्डा सहित चुनावी मैदानमा उत्रिएको उम्मेदवार ढकाल बताउँछन।

मेराे उम्मेदवारी समग्र बाँके क्षेत्र नंं.१ काे विकास जाे आर्थिक एजेन्डामा नरैनापुरकाे विकास र समृद्धीलाई जाेड दिन हाे नरैनापुर गाउँपालिका वडा नं.६ जमुनीकाे घरदैलो कार्यक्रममा भनेका छन ।

अहिले सम्म कुन दलले के गर्नु भयाे त्याे गाैण हाे ।अब स्थानीय स्तरमा आर्थिक र समुन्नत नरैनापुर बनाउँन आफ्नाे पहिलो प्राथमिकता रहेकाे उल्लेख गरेका छन ।त्यसै गरि कार्यक्रम मा राप्रपा प्रदेश उम्मेदवार नरेन्द्र कुमार पाैडेल लगाएतकाे सहभागी रहेकाे थियाे

 

Nabintech