१२ मंसिर २०८१, बुधबार
स्वतन्त्र उम्मेदवार इरफान शेषको नेपालगञ्जमा शक्ति प्रदर्शन

करिब १० हजारको संख्यामा समर्थनमा रयाली प्रदर्शन


  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०७९, आईतवार १०:५४

नेपालगञ्ज :  आगामी मंसिर ४मा हुने निर्वाचनमा बाँकेको क्षेत्र नं. २ बाटप्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउदै संयुक्त रुपमा बृहत  रयाली सहित शक्ति प्रदर्शन गरेका छन ।

नेपालगञ्जको रामलिला मैदानबाट शुरु भएको  रयाली शहरका बिभिन्न चोक हुदैँ वरिपरिका गाँउहरुमा पसेको थियो । यस क्षेत्रका किसान मजदुर, पीडित आटो रिक्सा, नगरिकता विहिन, भुमिहिन, व्यापारी लगायतका जनसमुदायको सहभागितामा भब्य  रयाली प्रदर्शन सम्पन्न भएको प्रचारप्रसार संयोजक जोया शेषले जानकारी दिइन ।

निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार शेषलाई चुनाव चिन्ह डोजर प्रदान गरेको छ । आफ्नो चुनाव चिन्ह डोजरको प्रचारप्रसार गर्दै उनले रयालीमा डोजर नै प्रयोग गरेका थिए । उम्मेदवार शेष र साईले डोजरमा चडेर जनता समक्ष सम्बोधन गर्दै नगर परिक्रमा गरेका हुन ।

रयाली पदर्शन गर्दै राझाँ चोक पुगेको भिडमा प्रहरी प्रशासनले झण्डा निकाल्न खोजेपछि उनीहरु माथि नै हावी भएको थियो । सिमित प्रहरी प्रशासनको जनशक्तिले झण्डा झिक्न थालेपछि उम्मेदवार शेषका समर्थक आन्दोलनमै उत्रिन तयार भएका थिए । भिडले प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्न थाले पछि झण्डा फिर्ता गरिएको थियो । यस अघि पनि उनले भव्य  रयाली प्रदर्शन गरेका थिए । जसमा उनले करिब १० हजारको संख्यामा समर्थनमा रयाली प्रदर्शन गरेको बताएका थिए

Nabintech