१० मंसिर २०८१, सोमबार
मृतकका परिवारलाई आर्थिक सहयोग

मृतकका आफन्तलाई किरिया खर्च भनी प्रतिमृतक १५ हजार रुपैयाँ सहयोग


  • टाइम्स संवाददाता

  • ५ पुष २०७९, मंगलवार १६:३६

दैलेख : छेडागाड नगरपालिका–४, खान्तिजेवा भीरमा जिप दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परी मृत्यु भएका भगवतीमाई गाउँपालिका र छेडागाड नगरपालिकाका १२ जनालाई जनही १५ हजार रुपैयाँका दरले भगवतीमाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले मृतकका आफन्तलाई किरिया खर्च भनी प्रतिमृतक १५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए । गाउँपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई किरिया खर्च दिने निर्णयअनुसार उक्त रकम सहयोग उपलब्ध गराइएको जनाइएको छ ।

मङ्सिर २६ गते भगवतीमाई गाउँपालिका–३, मेहेल्तोलीबाट जन्ती लिएर गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसहित १० जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको थियो ।

Nabintech