६ कार्तिक २०८२, बुधबार
ढकालले मागे चुनावको बेला सार्वजनिक गरेका प्रतिबद्धताका अलावा अन्य थप सुझाव

एक जनप्रतिनिधिले देश ,जनता ,निर्वाचित जिल्ला र आफू निर्वाचित क्षेत्रको लागि के के मुद्दाहरुलाई प्रथामिकतामा राख्नुपर्छ र कार्यशैलि कस्तो हुनुपर्छ


  • बिकल भट्टराई

  • ७ पुष २०७९, बिहीबार १०:१२

बाँके: बाँके निर्वाचन क्षेत्र न १ का संघिय सांसद सुर्य ढकालले ”समृद्ध बाँके सुखि बांकेबासि” बनाउन जनसर्बसाधारणमाझ सार्वजनिक रुपमा संघिय सांसदले गर्न सक्ने कामको फेरीहस्त सहितको सुझाव मागेका छन।

उनले आफुले चुनावको बेला सार्वजनिक गरेका प्रतिबद्धताका अलावा अन्य थप विकास निर्माण तथा निति निर्माणका बारे आफुलाई ईमेल मार्फत वा सामाजिक सञ्जालको फेसबुकमा समेत पोष्ट गर्न सक्ने बताउदै समग्र बाँकेको विकासमा गर्न सकिने कामहरु बारे बाँके १ का मतदाता र जिल्लाका आम नागरिकहरुलाई समृद्ध बाँके निमार्णमा एक जनप्रतिनिधिले संसदमा उठान गर्न सक्ने र त्यसले समग्र बाँकेको विकासमा खेल्ले प्रभावबारे आम जनतालाई सुझाव माग गरेका हुन।

उनले आम मतदातालाई आफ्नो इमेल surya2075dhakal@gmail.com तथा सामाजिक संजाल https://www.facebook.com/surya.dhakal.9212 मा प्रश्न राख्न समेत आग्रह गरेका छन। संघिय सभा सदस्य ढकालले उक्त सुझावहरुलाई दस्तावेजिकरण गर्ने बताए । उनले आफुलाई जनाताले दिएको ५ वर्षको जिम्मेवारी पुरा गर्न आम नागरिकले उठान गरेका सार्वजनिक प्रश्नमा संसदमा कडा रुपमा प्रस्तुत गर्ने बताए । उनले अगाडि भनेका छन एक जनप्रतिनिधिले देश ,जनता ,निर्वाचित जिल्ला र आफू निर्वाचित क्षेत्रको लागि के के मुद्दाहरुलाई प्रथामिकतामा राख्नुपर्छ र कार्यशैलि कस्तो हुनुपर्छ । सुझावको लागि सबैलाई अनुरोध छ ।

आफुले बांकेबासिका तर्फबाट उठान गरेका मुद्धाहरुको सम्बोधन हुनेमा बिश्वास ब्यक्त गर्दै मुद्धाहरुको न्योचित सम्बोधन हुन नसके आफु संसद चुप लागेर टुलुटुलु हेरे नबस्ने भन्दै सचेत नागरिकहरुलाई खबरदारीका निम्ति पनि तयार रहन आव्हान समेत गरेका छन ।

बांके क्षेत्र नं. १ बाट बिजयी संघिय सांसद ढकाल लगाएत देशैबाट बिजयी २७४ प्रतिनिधिसभा सदस्यले आजै संघिय संसदका जेष्ठ सदस्य पशुपति समसेर जबराबाट सपथ ग्रहण गर्दै लोगो समेत लगाउनेछन ।

Nabintech