२२ असार २०८२, आईतवार
एक महिने आधारभुत ड्राइभिङ तालिमको उदघाटन

प्रत्यक वडा वडा बाट अध्यक्ष मार्फत २,२ जनाका दरले महिलाहरु छनौट


  • टाइम्स संवाददाता

  • ८ पुष २०७९, शुक्रबार १६:५६

कोहलपुर: कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा बोहरा ड्राइभिङ ट्रेनिङ सेन्टर कोहलपुरको आयोजनामा शुक्रबार महिलाहरुका लागि एक महिने आधारभुत ड्राइभिङ तालिमको उदघाटन गरिएको छ ।

तालिम उदघाटन गर्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले एकल पिछडिएका, बिपन्न महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरि आत्मनिर्भर बनाउने उद्धेश्यका साथ यो तालिमको आयोजना गरिएको बताउदै महिलाहरुलाई ब्यबसायिक र ब्यबहारीक रुपमा सक्षम बनाई उनीहरुको जिवनस्तर माथि उकास्ने सकिने धारणा ब्यक्त गरे ।

प्रत्यक वडा वडा बाट अध्यक्ष मार्फत २,२ जनाका दरले महिलाहरु छनौट गरि ३० जनालाई यो तालिम दिन लागिएको भन्दै नगर प्रमुख आचार्यले तालिममा सक्रिय सहभागिता जनाई लाईसेन्स लिन सफल सहभागिलाई स्थानिय सरकारले रोजगारीको लागि पहिलो प्राथामिकतामा राख्ने समेत बताए ।

नगर उप प्रमुख संगिता सुवेदीले महिलाहरुलाई आत्मनिर्भर बनाउन सके मात्र समाज माथि उठने चर्चा गर्दै महिलाको हातमा सिप भए सानो सानो कामका लागि अन्य ब्यक्ति संग हात थाप्ने परिपाटिको अन्त्य हुनेमा आफु बिश्वस्त रहेको औंल्याईन । हरेक काम तथा कार्यक्रममा महिलाको न्युन सहभागिता हुने गरेको चर्चा गर्दै उप प्रमुख सुवेदीले उदघाटनमा समेत शत प्रतिशत उपस्थिती हुन नसक्नु दुखद भएको बताईन ।


तालिमको उदघाटन कार्यक्रममा कोहलपुर वडा नं. १२ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाह, वडा नं. ८ का वडाध्यक्ष लाल बहादुर राना, आर्थिक विकास समिती संयोजक नरेश बान्तवा राई , सामाजिक विकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, बोहरा ड्राइभिङ ट्रेनिङ सेन्टरका प्रबन्धक देवीलाल बोहरा लगाएतको सहभागिता रहेको थियो ।

Nabintech