५ मंसिर २०८३, शनिबार
बत्तीस जना सहसचिवको सरुवा

  • टाइम्स संवाददाता

  • ५ मंसिर २०८३, शनिबार ०७:२६

सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२ जना सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालय, विभाग तथा विभिन्न निकायमा कार्यरत सहसचिवहरुलाई सरकारले अन्य मन्त्रालय तथा कार्यालयमा सरुवा गरेको छ । सरकारले सेवा प्रवाहलाई प्रभावकारी, सहज र चुुस्त बनाउन भन्दै कर्मचारीको सरुवा गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता हेमराज अर्यालयका अनुसार शुक्रबार बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार ३२ जना सहसचिवको सरुवा भएको हो । निजामती सेवा ऐन अनुसार दुुई वर्ष सेवा गरेका कर्मचारीको एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्न सकिने व्यवस्था छ । तर आवश्यकताका आधारमा सरकारले दुुई वर्ष भन्दा कम सेवा अवधि हुँदा पनि कर्मचारीको सरुवा गर्न सक्छ । सहसचिव र सचिवको सरुवा मन्त्रीपरिषद्को निर्णयअनुसार हुुने व्यवस्था छ ।

उपसचिव स्तरका कर्मचारीको सरुवा सचिवले र सो भन्दा तलका कर्मचारको सरुवा सम्बन्धित मन्त्रालयको महाशाखा प्रमुख सहसचिवले गर्न सक्ने व्यवस्था छ ।

Nabintech