कोहलपुर, बांके: बांके क्षेत्र नं. १ का माननिय संघिय सांसद सुर्य ढकालले प्रतिनिधि सभा सदस्यको सपथ खाए पश्चात आफनो गृह जिल्ला बांकेमा पत्रकार भेटघाट गरेका छन । कोहलपुरमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै सांसद ढकालले स्थानिय तथा देशकै समग्र बस्तुस्थितीका बारे पत्रकार माझ आफना धारणा राख्न पत्रकार भेटघाटको आयोजना गरेका हुन ।
पत्रकार भेटघाट कार्यक्रममा ढकालले कोहलपुर सफल हुनलाई यहा स्थित निजि क्षेत्रहरु सफल हुनुपर्ने बताउदै समग्र कोहलपुरको विकासका लागि पत्रकारहरुले सकारात्मक भुमिका खेल्नु पर्नेमा जोड दिए । नरैनापुरमा युथ सम्मेलन गरेर उनीहरुको राय, सल्लाह बमोजिम कार्यक्रम तय गरि ब्यबसायमुलक कार्यक्रमको तय गरिने भन्दै ढकालले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकसित गर्न कोहलपुरमा रहेर शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक ब्यक्तित्व, संघ संस्था र सरोकार वालाहरुको उपस्थितीमा अन्तरक्रिया गरि राय लिने , दायित्व बोध गराउदै नितीगत तथा सैद्धमन्तिक रुपमा खाका तयार गरि कार्यान्वयनको चरणमा समेत लैजाने आफनो योजना रहेको बताए ।
कोहलपुर ११ मा खुल्ला पार्किङ, सपिङ कम्पलेक्सका लागि नगर विकास समिती र कोहलपुर नगरपालिका संग समन्वय गरि संघबाट हुन सक्ने अनुदानका बिषयमा समेत चासो ब्यक्त गरेका ढकालले कोहलपुर घुईयाबारी सडक निर्माण सम्पन्न गरि छाडने जिकिर गरे ।
नरैनापुर देखि नेपालगञ्जको बागेश्वरी मन्दिर लाई धार्मिक गन्तब्यको रुपमा विकास गर्न गुरु योजना सहितको कार्यक्रम ल्याउन पहल गर्ने बताएका ढकालले राप्तिसानोरा गाउपालिकाको भित्र राप्ति नदिले कटान गरेको ६ किमि तटबन्धका लागि अबको एक महिना भित्र बजेट ल्याई सक्ने गरि आफु क्रियाशिल रहेको समेत बताए । ढकालले कोहलपुरमा अतिक्रमित जग्गा सम्बन्धित निकायको मातहतमा ल्याउन नगर विकास समिती र कोहलपुर नगरपालिका संग समन्वय गरि कार्य सम्पन्न गर्ने समेत बताएका छन ।
कोहलपुरमा उपलब्ध एक दर्जन पत्रकारहरुको उपस्थितीमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रेस चौतारी केन्द्रि अनुशासन आयोगका सदस्य बिष्णु प्रसाद बेल्बासे, युवा संघका केन्द्रिय सदस्य तथा बांके जिल्ला ईन्चार्ज खेम शर्मा, नेकपा एमाले बांके जिल्ला कमिटी सदस्य कुल बहादुर भट्टराई., नेकपा एमाले नगर कमिटी सदस्य रुद्र खनाल लगाएतको उपस्थिती रहेको थियो ।
भिडियो