११ मंसिर २०८१, मंगलवार
कोहलपुरे कर्ण बाको एउटा ईमानको कथा सार्वजनिक

कर्ण बाले एउटा ईमानको कर्था मार्फत ईमानको कथालाई आफनो सुख दुख बिसाउने चौतारीको रुपमा लिएको बताए


  • प्रमोद रिजाल

  • ९ पुष २०७९, शनिबार १६:१२

कोहलपुर, बांके : कोहलपुरका बरिष्ठ समाजसेवी, स्वास्थ्य क्षेत्रका ब्यक्तित्व एबं पुर्व जनप्रतिनिधि कर्ण बहादुर थापा  (कर्ण बा) को एउटा ईमानको कथा नामक  पुस्तक बिमोचन भए संगै सार्वजनिक भएको छ । ७५ बर्षिय थापाका जिवनमा भोगेका आत्म कथा, पारावारीक सामाजिक ब्यथा, परीवेश र रंगमञ्च सम्म समेटिएको एउटा ईमानको कथालाई कार्यक्रमका प्रमुख अतिथी तथा बांके क्षेत्र नं १ का माननिय संघिय सांसद सुर्य ढकालले एक समारोहका बिच बिमोचन गर्दै सार्वजनिक गरेका हुन ।

बिमोचन समारोहलाई सम्बोधन गर्दै माननिय संघिय सांसद ढकालले थापाका असाधारण जिवनीबारे चर्चा गर्दै थापा कोहलपुरको एक गहना भएको औंल्याए । राजनैतिक निष्ठामा अडिक तथा ईमान्दार थापा ३ पटक सम्म कोहलपुरमा वडा अध्यक्ष भएको चर्चा गर्दै राजनैतिक, सांस्कृतीक, सामाजिक, आर्थिक, शिक्षा स्वास्थ्य क्षेत्रमा थापाले पुर्याएको योगदानको जति चर्चा गरेपनि कमै हुने बताए ।

फरक प्रसंग कोट्याउदै ढकालले कोहलपुरलाई सुन्दर र हरित शहरको रुपमा विकास गर्न अतिक्रमित भुमी फिर्ता गर्नुपर्ने भन्दै आबश्यक परे त्यस्को नेतृत्व आफैले गर्ने जिकिर गरे । राजनैतिक परीवर्तनले मात्र समाज परीवर्तन नहुने बताएका ढकालले समाजको बास्तबिक परीवर्तन हुनलाई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र स्वास्थ्यमा परीवर्तन आजको आबश्यक रहेको बताए ।

कोहलपुरले यतीबेला संघ र प्रदेशमा गरि ४ सांसद पाएको र कोहलपुरको नेतृत्व समेत युवाको भएकाले यति बेला कोहलपुरलाई समग्र विकासमा सम्पन्नशालि बनाउन नसके भावि पुस्ताले धिक्कार्ने भन्दै विकासका लागि सांसद र स्थानिय नगर प्रमुख एक भएर विकासको खाका कोर्नुपर्ने बताए । उन्ले यो बेला पनि गति लिन नसके पांचै जनाको नैतिक र राजनैतिक संकटमा पर्ने समेत ठोकुवा गरे ।

कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कर्ण बहादुर थापा आफनो अभिभावक समेत भएकाले सामाजिक क्रियाकलापमा क्रियाशिल हुनुपर्ने औंल्याउदै उहाले देखेको सपना पुरा गर्न नगरपालिका नि शर्त लागिरहेको बताए । उन्ले कोहलपुर बसपार्क भित्र अत्याधुनिक पुर्वाधार सहितको थिएटर निर्माण गरि साहित्य महोत्सव समेत गर्नेगरि नगरले कार्ययोजना तयार गरि बजेट आउने समेत बताए । कोहलपुरका गौरवका योजना अलपत्र पार्छ भन्ने हल्लाको खण्डन गर्दै नगर प्रमुख आचार्यले कोहलपुर भ्यु टावर, लामो दुरीको बसपार्क निर्माणमा बजेट बिनियोजन गरि योजना सम्पन्न उन्मुख रहेको जानकारी दिए ।

पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न उक्त बिमोचन समारोहमा कथाकार सुमित्रा न्यौपानेले स्वागत मन्तब्य संगै शुभारम्भ कार्यक्रममा पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका सल्लाहकार सागर गैरेले लेखकबारे परिचयात्म टिप्पणी गरेका थिए । सह लेखक सनत सापकोटाले आलेखको अनुभुतिमाथि प्रस्ट पारेका थिए भने प्राध्यापक हरी सुबेदीले एउटा ईमानको कथाबारे बिबेचना तथा टिप्पणी गरेका थिए । कोहलपुर पार्टि प्यालेसमा खचाखच साहित्यअनुरागि माझ बिमोचन समारोहमा सभासद देवराज भार, लुम्बिनी प्रदेश सभा पुर्व मन्त्रि आरती पौडेल, बर्तमान प्रदेश सभासद दुर्गा प्रसाद चौधरी, बसन्ति अधिकारी, पुर्व नगर प्रमुख लुट बहादुर रावत, नगर उप प्रमुख संगिता सुबेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, प्रष्ठिानका पुर्व अध्यक्ष महानन्द ढकाल, बिभिन्न वडाका वडाध्यक्ष, शिक्षक, प्राध्यापक ब्यापारी, बुद्धिजिवी, पत्रकार एबं २०० बढि साहित्य अनुरागिहरुको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष कपिल अन्जालको सभापतित्वमा सम्पन्न विमोचन समारोहको सञ्चालन बद्रि ढकाल हिरामणिले गरेका थिए ।

”कर्ण बा लगाएत अतिथीहरुको सम्पादन नगरिएको भिडियो यहा हेर्न सक्नुहुनेछ”

 

 

Nabintech