२० कार्तिक २०८१, मंगलवार
बाकेको बैजनाथ ७ मा जेष्ठ नागरिकलाई निशुल्क आखा शिबिर अधिकांशमा मोति बिन्दु

दूइ सय जेष्ठ नागरिकहरुको आँखा जाँच गर्दा ५६ जनामा मोतिबिन्दु


  • टाइम्स संवाददाता

  • ११ पुष २०७९, सोमबार १४:२९

बैजनाथ, बाँके: बाँकेको बैजनाथ गाउपालिका वडा न ७ को वडा कार्यालयले फतेवाल आँखा अस्पताल नेपालजन्जको समन्यवमा जेष्ठ नागरिकहरुको लागी निशुल्क आँखा जाँच शिबिर आयोजना गरेको छ ।

बैजनाथ गाउपालिका वडा न ७ मा थारु समुदायको बाहुल्यता रहेको छ । यस समुदायका दूइ सय जेष्ठ नागरिकहरुको आँखा जाँच गर्दा ५६ जनामा मोतिबिन्दु भेटिएको बैजनाथ गाउपालिका वडा न ७ का वडा अध्यक्ष दिनेश कुमार थारुले बताए । समयमा आँखा जाच नगर्दा जटिल प्रकारको मोतबिन्दु हुने गर्दछ अन्तिम समयमा आखाको अप्रेसन गर्नु पर्ने अबस्था सृजना हुने चिकित्सकले बताएका छन ।

मोतीबिन्दु देखा परेका बिरामीहरुलाई निशूलक रुपमा अप्रेसन गरिने भएको हुदा यस शिबिरबाट फाइदा लिनको लागी वडा अध्यक्ष दिनेश कुमार थारुले आग्रह गरेका छन । यस वडा कार्यालेले जनतालाई प्रत्यक्ष फाइदा हुने काममा वडा जनप्रतिनिधीहरु रहेका छन ।

भिडियो

Nabintech