१७ कार्तिक २०८१, शनिबार
नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

  • टाइम्स संवाददाता

  • ६ माघ २०७९, शुक्रबार १०:१२

नेपालगंज :बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ। आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।

बिहान काठमाडौँमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौँ विमानस्थलले जनाएको छ ।

क्वालालाम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन, कोलकाता फर्कियो

मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

Nabintech