२३ बैशाख २०८१, आईतवार
चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक

  • टाइम्स संवाददाता

  • ११ माघ २०७९, बुधबार १२:३१

काठमाण्डौ: आउदो फाल्गुन ५ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलबारी’को मन छुने ट्रेलर सार्वजनिक भएकोे छ । पारीबारिक कथामा रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले २ पुस्ताबिचको दुरीको कथा लाई देखाउन खोजेको छ । कमल किशोर मालपानीको कथा रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखेका हुन् भने मनिष ढकाल यो चलचित्रका निर्माता हुन् भने चलचित्रमा कार्यकारी निर्माता रुपमा मणिराम पोखरेल छन ।

चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल लगायतका कलाकारको अभिनय छ । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रमा जोश हेरुमको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

 

Nabintech