१८ बैशाख २०८१, मंगलवार
बागेश्वरी मन्दिरमा हरेक महिना दुई पटक महाआरती हुने

  • टाइम्स संवाददाता

  • १६ माघ २०७९, सोमबार १६:०४

नेपालगञ्ज : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा आइतबार गरिएको महाआरतीले निरन्तरता पाउने भएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने महाआरती पहिलो पटक बागेश्वरीमा आयोजना गरिएको हो । बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ’, नगर प्रमुख प्रशान्त विष्टले सहयोगको निरन्तरता प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक ‘महाआरती’ गरिएको छ । शक्तिपीठका लागि निकै महत्वपूर्ण मानिने ‘महाआरती’को सुरुवात गर्न पाउँदा हामी गौरवान्वित, हर्षविभोर र धन्य भएको मेयर बिष्टले बताए । उनका अनुसार तत्काललाई महिनाको दुई पटक शुक्लपक्ष र कृष्णपक्षको अष्टमी तिथीमा ‘महाआरती’ हुने छ ।

Nabintech