९ मंसिर २०८१, आईतवार
भारत महात्मा रामबरन दासजी क्रिकेट प्रतियोगिताको शुभारम्भ

  • टाइम्स संवाददाता

  • २७ माघ २०७९, शुक्रबार १४:३३

नेपालगञ्ज:भारत महात्मा रामबरन दासजी क्रिकेट प्रतियोगिता हरनहवा परसिया पचपेड़वा बलरामपुरमा सुरु भएको छ । भारत जिल्ला बलरामपुर पचपेड़वा हरनहवा परसियामा ”राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’‘ भन्ने नाराकासाथ संगम युवाक्लबको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगिताको  नेपालका पत्रकार धर्मेन्द्र चौधरीले उद्घाटन गरेका हुन।

उदघाटन गर्दै पत्रकार एबं अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नुका साथै खेलबाट मानसिक र शारीरिक बिकास हुनेमा जोड दिए । खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ भन्दै चौधरीले देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको बताए ।

यसैगरि उद्घाटन कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा प्रधान सन्तोष चौधरीले युवा खेलाडीलाई शुभकामना दिदै बलरामपुर खेलाडीहरुलाइ अपेक्षा बमोजिम खेलकुदका सामग्री उपलब्ध गराउनु पर्नेमा जोड दिए । युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडि बढ्नको लागि आग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट अध्यक्ष एम डी मुस्तफाले

युवालाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा आफनो ध्यान गएको उल्लेख गर्दै आर्थिक ,भौतिक, सामाजिक सबैतर्फबाट सहयोग गर्न आफु तयार रहेको बताए । क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा लगाएतको सो कार्यक्रममा उपस्थिती रहेको थियो ।

Nabintech