११ मंसिर २०८१, मंगलवार
गोरखा युनाईटेड पब्लिक स्कुलको दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनि सम्पन्न

पढदै कमाउदै गोरखा पब्लिक स्कुलले प्रयोगात्मक कृषि बिज्ञान अध्यापन समेत गराउदै आएको छ


  • प्रमोद रिजाल

  • २८ माघ २०७९, शनिबार १५:००

कोहलपुर,बांके: कोहलपुर २ बांकेमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो दशौं वार्षिक अभिभावक दिवस एक भब्य समारोहका बिच सम्पन्न गरेको छ । आफनो २२ औं बर्ष प्रबेश सगै बिद्यालयले दशौं अभिभावक दिवस सगै बिभिन्न शैक्षिक प्रर्दशन समेत गरेको छ ।
दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनि कार्यक्रमको कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले उदघाटन गर्दै बिद्यालयले गरेको प्रगतिको मुक्त कण्ठले प्रशंसा गरे । कोहलपुर क्षेत्रमै अब्बल गोरखा स्कुलले लाखौं बिद्यार्थीहरुको उज्जवल भबिष्यकालागि बिभिन्न बिधामा अध्यापन गराएर कोहलपुरमै उदाहरणिय कार्य गरेको चर्चा गरे ।

मेयर आचार्यले बिद्यालय प्रांगणमा रहेको बालबालिकाहरुले आफनो क्षमताले निर्माण गरेका बिज्ञानकला, कृषि, औजार, हस्तकला, लगाएत दर्जन बढि स्टलहरुको अबलोकन गर्दै बालबालिकाहरुले गरेको कार्यको उत्सुकतापुर्वक अबलोन गर्दै प्रशंसा तथा प्रेरणा प्रदान गरेका थिए ।

बालबालिकाहरुले पे्रसर, सुगर जाच्ने बिज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला देखि बिद्युतिय मेट्रो रेल लगाएत रचनात्मक, सिर्जनात्मक तथा बहुआयामिक स्टलहरु प्रर्दशनिमा राखेका थिए । गर र सिक भन्ने मुल मन्त्रलाई प्राथामिकताकासाथ प्रर्दशनिमा राखिएको सो समारोहमा बिभिन्न कला संस्कृती झल्किने सांगितीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

बिद्यालयका सञ्चालक समिती अध्यक्ष केशर बहादुर आलेको सभापतित्वमा आयोजित दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनि कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै बिद्यालयकी प्रधानाध्यापक साधना थापाले विद्यार्थीहरुको सिकाई, दक्षता तथा क्षमतालाई उजागर गरि समाज विकासमा लगाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताउदै राष्ट्र विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्न भाव शिक्षण पद्धतीमा एबं सिद्धान्तमा आधारित क्रियाकलापहरु हुन जरुर रहेको बताईन ।

कार्यक्रममा कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुबेदी, विद्यालयका शैक्षिक सल्लाहाकार शिक्षा विद तथा पूर्व प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, कृर्तिपुरका प्रा. डा. गोबिन्द प्रसाद ढकाल विद्यालयका एकेडमिक कन्सल्टेन्स ढुण्डीराज गिरी लगाएतले आ आफनो मन्तब्य राखेका थिए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टोप बहादुर के.सि. बैजनाथ गाउपालिका प्रमुख प्रकाश शाहि, कोहलपुर नगर उप प्रमुख संगिता सुबेदी, बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकाया, नेपाली सेनाका सेनानी बालकृष्ण कार्कि, बिभिन्न शैक्षिक ब्यक्तित्व बिद्यालयका प्रधानाध्यापक, अभिभावक, जनप्रतिनिधि, बिद्यार्थी, पत्रकार लगाएत ५ दर्जन बढि अतिथीहरुको उपस्थिती रहेको थियो ।

भुतपुर्व तथा कार्यरत ब्रिटिस आर्मि तथा सिंगापुर पुलिसद्धारा संयुक्त प्रयासमा सञ्चालित यस स्कुलमा कक्षा नर्सरी देखि बिस्सी एजी सम्मको अध्यापन हुनेगरेको छ भने अभिभावक दिवसले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभा प्रष्फुटन हुनुका साथै बालबालिका आ आफनो रुचि र क्षमता अनुसार कार्यमा अग्रसर हुने बिद्यालयले बिशवास गरेको छ । विद्यार्थीका लागि सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउने यो सुनौलो अवसर भएको भन्दै विद्यालयले कला क्षमता र अबलोकन गरेर अभिभावकले समेत आफना बालबालिकाहरुको क्षमता जांच गर्ने कडिको रुपमा लिएको छ ।

बिज्ञान प्रर्दशनिमा राखिएको बिद्युतिय मेट्रो रेल

Nabintech