११ मंसिर २०८१, मंगलवार
बाके जिल्लामै अब्बल प्रभात माबिले मनायो ५४ औं बार्षिक उत्सव

प्रभात नमुना माबिले बांके जिल्लामै शैक्षिक क्षेत्रमा आफुलाई अब्बल दर्जाको बिद्यालयको रुपमा दर्ज गर्न सफल


  • प्रमोद रिजाल

  • २९ माघ २०७९, आईतवार १९:५५

बैजनाथ, बांके:  जीवन उपयोगि चारित्रिक र गुणस्तरीय शिक्षा निरन्तरता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ बैजनाथ गाउपालिका ५ मा रहेको प्रभात नमुना माबिले आफनो ५४ औं बार्षिक उत्सव तथा अभिभावक भेला आईतवार बिद्यालय प्रांगणमा सम्पन्न गरेको छ ।

५४ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बैजनाथ गाउपालिका प्रमुख प्रकाश बहादुर शाहिले गाउपालिकालाई नै देशमा नमुना गाउपालिका बनाउने अभियानमा आफु लागि परेको बताएका छन । गाउपालिका भित्र आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक सुधारबाट मात्र यो सम्भव भएको भन्दै गाउपालिका अध्यक्ष शाहिले हरेक क्षेत्रको विकासका लागि आफुले कुनै कसुर बांकि नराख्ने बताए ।
यो सव शिक्षा क्षेत्रको सुधारबाट मात्र संभव छ भन्दै शाहिले प्रभात नमुना माबिले कृषि, बिज्ञान,स्वास्थ्य शिक्षा जस्ता बिषयहरुलाई अध्यापन गराएर दक्ष जनशक्ति उत्पादन गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

शिक्षाका लागि पुर्वाधार निर्माण, शैक्षिक सामाग्रि एबं वालवालिकालाई दिईने दिवा खाजा ब्यबस्थालाई गाउपालिकाले उचित तरिकाले समयको माग बमोजिम बृद्धि गर्दै लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष एबं पुर्व सिचाई राज्य मन्त्रि दल बहादुर सुनारले  ग्रामिण स्तरमा प्रभात नमुना माबिले बिज्ञान बिषयको पठनपाठनको शुरुवात गरेको दावि गर्दै आफनो कार्यकालमा ६ सय बिद्यार्थीबाट १६ सय बिद्यार्थी पुर्याउन सफल भएको चर्चा मात्र गरेनन बिद्यालयलाई आफनो कार्यकालमा टिनका छाना मुक्त समेत पारेको जिकिर गरे ।

निजि बिद्यालयमा अध्ययण गर्न सक्नेहरुले मात्र स्कलरशिपमा नाम निकाल्न सक्छन भन्ने विश्वासलाई तोडदै प्रभात नमुना माबिले सिए, बिएस्सी एजि जस्ता तमाम बिषयहरुमा आफना बिद्यालयमा अध्यण गरेका छात्रा छात्रहरुले नाम निकाल्न सफल भएको बताए । शैक्षिक मात्र हैन अतिरिक्त क्रियाकलापमा समेत आफनो बिद्यालय अब्बल रहेको चर्चा गरेका सुनारले बिद्यालयले शैक्षिक गुणस्तरमा एथेष्ट सफलता हासिल गरेको चर्चा गरे ।


कार्यक्रममा बिशिस्ट अतिथी बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बिद्यालय व्यवस्थापन समितका पुर्व अध्यक्ष मानबहादुर खत्री, सहकारी संघका बांके अध्यक्ष प्रेम सुवेदी लगायतले बिधालयको उतरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका छन्

बिद्यालयका प्रधानाध्यापक नगेन्द्र प्रसाद सुबेदीले करीव ५ करोडको वासालात प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा बिद्यालय बयबस्थापन समितीका सदस्य प्रेम पुर्णा योगिले सहभागिहरुलदाई स्वागत गरेकि थिईन ।

प्रअ सुबेदिले सबैको साथ सहयोग र हौसलाले आज प्रभात माबी यस क्षेत्रको शैक्षिक गतिविधिमा मात्र नभएर अन्य गतिविधिमा पनि उत्कृष्ट हुन सफल भएको बताउदै आगामी दिनहरुमा अझै यस बिद्यालयलाई सर्वोत्कृष्ट बनाउन स्थानीय निकाय सरोकारवाला शिक्षक शिक्षिका, बिद्यार्थी र अभिभावकहरुको साथ र सहयोगको अझ बढी आवस्यक रहेको बताउदै सहयोगको लागि आग्रह समेत गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै बिद्यार्थीको तर्फबाट बोल्दै भिजन सेतीमगरले अभिभावक दिवसले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभा प्रष्फुटन हुनुका साथै बालबालिकामा आआफ्नो रुचि र क्षमता अनुसारको कार्यमा अग्रसर हुन प्रेरित बताए ।उनले आफ्ना छोराछोरी बिधालय जान्छ्न जादैनन कस्तो अनि कस्को सङ्गत गरेका छन् बेलाबेला आएर बुझ्न समेत आग्रह गरेका छ्न ।

यस्तै उक्त बिद्यालयकि छात्रा सपना थारुले सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा प्रयोगमा ल्याउने यो सुनौलो अवसर भएको भन्दै विद्यालयले बिद्यार्थीको कला क्षमता अबलोकन गरेर उनिहरुलाई पुरस्कृत गर्नुपर्ने बताईन । बार्षिक उत्सव कार्यक्रममा पुरस्कार बितरण सहित विभिन्न जातजातिको सस्कृती झल्किने नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन बाबुराम अधिकारीले गरेको कुरा बिद्यालयका भौतिक तथा बिज्ञानशास्त्रका शिक्षक केशब रिजालले जानकारी गराएका छन् ।

भिडियो

Nabintech