११ मंसिर २०८१, मंगलवार
फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनकै ३ गते लुम्बिनी प्रदेशमा प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा


  • टाइम्स संवाददाता

  • १ फाल्गुन २०७९, सोमबार १०:१४

काठमाडौं :  फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा छ।

मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभए पनि अधिकांश स्थानीय तहले बिदा दिने गरेका छन्। यसैगरी फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ।  फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ।

प्रदेश सरकारले पनि आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन्।  राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन्। तर प्रदेशहरुले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या थपिँदै गएको छ।

Nabintech