११ मंसिर २०८१, मंगलवार
अझै आएन खडकवारको मत्ता हात्ती नियन्त्रणमा

सोमबार हात्तीको आक्रमणबाट घाईते उपाध्यायलाई थप उपचारका लागि नर्सिङ होम रेफर


  • टाइम्स संवाददाता

  • २ फाल्गुन २०७९, मंगलवार ११:०४

कोहलपुर, बांके: सोमबारदेखि कोहलपुर नगरपालिका वडा नं १३ खडकवारमा आतंक मच्चाईरहेको मक्ता हात्ती गणेशराज अझै नियन्त्रणमा आउन सकेको छैन । आन्तरीक पर्यापर्यटनमा टेवा पुर्याउने उद्धेश्यले पालिएको उक्त घरपालुपा हात्ती मत्ता भएपछि अहिले खडकवार क्षेत्रमा त्रास फैलिएको छ । स्थानियहरुलाई जंगलमा जान प्रतिबन्ध गरिएको छ भने घरमा समेत सचेत भएर बस्न भनिएको छ ।

सोमबार हात्तीको आक्रमणबाट घाईते भएका माहुते कृष्ण प्रसाद उपाध्यायलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा निजको यहा उपचार संभव नभएपछि नेपालगञ्ज नर्सिङ होम रेफर गरिएको नेपालगञ्ज मेडिकल कलेजका प्रशासन प्रमुख सञ्जय पन्तले कोहलपुर टाईमसलाई बताएका छन ।

उपाध्याय विगत २०७४ सालदेखि गणेशराज भन्ने नामक हात्तिको पाल्दै आएका थिए । आफैले पालेको हात्तीले आफनो दाराले उपाध्यायको तिघ्रमा छेडेको जनाइएको छ । अहिले उनी खतरामुक्त भएपनि उपचारमा कठिन हुने चिकित्सकहरुले बताएका छन ।
हात्ती नियन्त्रणको प्रयास भईरहेको हाक्तिसारका इन्चार्ज पुष्प कुमालले जानकारी दिएका छन । उन्ले थप हात्ती र माहुते सहितको टोलि परिचालन गरि हात्ती नियन्त्रणमा ल्याउने प्रयास पनि बिफल भए एयर गनको सहायताले बेहोस पारेर भएपनि नियन्त्रणमा लिईने जानकारी दिए ।

Nabintech