२५ पुष २०८१, बिहीबार
कोहलपुरमा सामाजिक सरोकार मन्च आम चासोका बिषयमा क्रियाशिल रहने

संस्थाले कोहलपुर क्षेत्रका तत्कालिन र दीर्घकालीन विकास निर्मान तथा सार्वजनिक सरोकारका बिषयहरु छुट्टाएर कार्य गर्ने


  • टाइम्स संवाददाता

  • ६ फाल्गुन २०७९, शनिबार १४:४८

कोहलपुर, बांके: कोहलपुरमा सामाजिक सरोकार मन्च आम चासोका बिषयमा क्रियाशिल रहने भएको छ ।कोहलपुरमा ”समाज रुपान्तरण तथा सामाजिक बिकासका लागि” कोहलपुरमा सामाजिक सरोकार मन्च नामक स्वतन्त्र  सस्थाको बिस्तारित बैठकले आम चासोका बिषयमा क्रियाशिल रहने बताएको हो । आज शनिबार कोहलपुरमा सम्पन्न   बिस्तारित बैठकले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय  समितीको चयण गरेको मञ्चका सदस्य बिष्णु प्रसाद बेल्बासेले कोहलपुर टाईम्सलाई बताए।

गत माघ ९ गतेको पहिलो बैठकले गठित  मञ्चको उपाध्यक्षमा शेषकान्त शर्मा, सचिवमा हेम बिक्रम जि.सि., सह सचिवमा अन्जना पाण्डे, कोषाध्यक्षमा ज्ञानेन्द्र खनाल तथा सह कोषाध्यक्षमा मायादेवी गौतमलाई  चयण गरेको थियो ।

सदस्यहरुमा क्रमश मन प्रसाद आचार्य, सुरेश कुमार चौधरी, चिन्तामणि उपाध्याय, गौरीकान्त आचार्य, बिष्णु वेल्वासे, चेतकान्त भट्टराई, दिपक भण्डारी, जगतजंग बुढाथोकि, सरिता शाहि, राम कुमार थारु र मञ्जु सत्याल रहेका छन ।

संस्थाले कोहलपुर क्षेत्रका तत्कालिन र दीर्घकालीन विकास निर्मान तथा सार्वजनिक सरोकारका बिषयहरु छुट्टाएर कार्य गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताएका छन। मञ्चले तत्काल यातायात कार्यालय एवं मालपोत र नापी कार्यालय कोहलपुरमा स्थापना गरि सन्चालनमा ल्याउन पहल गर्ने जनाइएको छ। त्यसैगरी अगैयाघाट लाई कोहलपुर नजिक बनाउन योजनाबद्ध ढंगले अघि बढने श्रेष्ठले बताए। दीर्घकालीन कार्य अन्तर्गत कोहलपुर घुइयाबारी सडक, अन्तरास्ट्रीय क्रीकेट मैदान निर्माण , डुडुवाखोलामा पर्यटन प्रबर्द्धनका लागि करीडोर लगाएतका कार्य गर्ने भएको छ।

कोहलपुर टावनप्लानलाइ ग्रीनसिटि बनाउन पहल गर्ने, फोहरको उचित ब्यवस्थापन , सडक बत्ती लगायत बिषयमा बिशेष निगरानिका साथ कार्य गर्न पहल गर्ने जनाइएको छ । यो सस्था दरिलो दवाब समुहको रुपमा स्थापितहुने स्थानीयले बताएका छ्न।

Nabintech