काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ । काठमाडौंमै भएको भेटमा नेपालले नेकपा ब्यूँताउने भए आफू राष्ट्रपति बन्न तयार रहेको बताउनुभएको छ । ‘भेटमा राष्ट्रपति चयनका विषयमा कुराकानी भयो अध्यक्षज्यूले नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्न तयार रहेको बताउनुभयो ।’’ माधव निकट स्रोतले बतायो ।
सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राख्नुभएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको भए पनि पछि नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार नेकपा विघटन भएर दुई पार्टी पहिल्यैकै रुपमा फर्केका थिए । त्यसपछि नेकपा एमालेबाट अलग भएर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
प्रचण्डकाे नयाँ प्रस्ताव : एमालेलाई राष्ट्रपति, पाँचै वर्ष प्रचण्ड प्रधानमन्त्री !
राष्ट्रपति चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धन भत्किने अवस्थामा पुगिरहेका बेला नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि बाग्र्रेनिङ जारी राखेको छ ।
पाँचै वर्ष प्रधानमन्त्री पाउने सर्तमा एमाले तयार भए अझै सत्ता गठबन्धन जोगिने सम्भावना रहेको प्रस्ताव माओवादीले गर्न सुरु गरेको छ ।
माओवादी केन्द्रका केही नेताहरू मार्फत प्रचण्डले यो सन्देश एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष बालकोटमा पुर्याउने कोशिस गरिरहेका छन् ।
प्रचण्डको यही शन्देस बोकेर अझै पनि सत्ता गठबन्धन जोगाउन सकिने भन्दै भित्र भित्र एमाले नेताहरुसँग माओवादी नेताहरु लबिङमै छन् ।
उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्री बनाउने लिखित सहमति गरे नेकपा एमालेलाई राष्ट्रपति दिन माओवादी तयार रहेको बताउन थालेका छन् ।
उनीहरुले माओवादी केन्द्रले सरकार आफूले पाँच वर्ष चलाउन पाउने सुनिश्चित भए १० पुसको सहमतिमा फर्कन सक्ने आसय देखाइरहेका छन् ।
उता कांग्रेस पनि आफ्नो पोल्टामा ढोक्सा पर्नेमा ढुक्क रहेको छ । तर माओवादी केन्द्रका नेताहरू आफूले पाँच वर्ष सरकार चलाउन पाउने सुनिश्चिताको खोजीमा रहेको बताउँछन् । सबै तिरबाट यो सुनिश्चिता बन्द भए मात्र माओवादी केन्द्रले कांग्रेस अथवा नेकपा एसलाई समर्थन गर्नेछ ।