चितवन : आमाको हत्या गरी फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घलेलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो।
पुरनले आमा ७८ वर्षीया मीनाकुमारी घलेको हत्या गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। पण्डितका अनुसार आमा–छोराबीच विवाद हुँदा उनले बुधबार राति साढे ९ बजे दाउरा प्रहार गरी आमाको हत्या गरेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार दिउँसो लुकेर बसेको अवस्थामा घरनजिकैबाट पक्राउ गरेको हो। पुरनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।