दाङ :दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो । उक्त पेट्रोल पम्प यसअघि उपमहानगरपालिका आफैँले चलाउने तयारी गरेको थियो । तर, आफूले अनुमति ल्याएर तुलसीपुरका व्यवसायीलाई ठेक्कामा चलाउन दिएको छ ।
शारदा कन्स्ट्रक्सनले उपमहानगरसँग २० वर्षलाई भाडामा लिएर पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । बसपार्कमा पेट्रोल पम्प नहुँदा बाहिर गएर इन्धन राख्नुपर्ने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न पेट्रोल पम्प सञ्चालनमा ल्याइएको हो ।