कोहलपुर, बांके: बांकेमा कार्यक्षेत्र रहेको जन आस्था बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड कोहलपुर ११ ले जेष्ठ नागरिकहरुलाइ दिवा खाना खुवाएको छ। शनिबार (आज) जेष्ठ नागरिक मन्च कोहलपुरको दिवा सेवा केन्द्रमा करिब १ सय ५० जेष्ठ नागरिकहरुलाइ दिवा भोजन खुवाईएको हो।
मन्चका सदस्य हरि प्रसाद पौडेलका अनुसार सो केन्द्रमा साप्ताहिक रुपमा जेष्ठ नागरिकहरु रमाइलो गर्ने अनुभव साटासाट गर्ने जस्ता विविध कार्यक्रमहरु निरन्तर हुदै आएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने सहकारीको नीति बमोजिम खाना खुवाएको सहकारीकि उपाध्यक्ष तुल्सी वलि सामन्तले बताईन । कार्यक्रममा सहकारिका कोषअध्यक्ष शिव डागी, सदस्य मन्जु कोइराला , हर्क शाही लगाएतको सहभागिता रहेको थियो। जन आस्था सहकारीको सहयोगले हौसला मिलेको जेष्ठ नागरिक मन्च कि अध्यक्ष डम्बर कुमारी घिमिरेले बताईन ।
जेष्ठ नागरिक मन्चको गठन तथा केन्द्रको स्थापना पश्चात कोहलपुर क्षेत्रका बृद्धबृद्धाहरुलाई सुख दुख बिसाउने एउटा चौतारी भएको केन्द्रमा साप्ताहिक रुपमा बृद्धबृद्धाहरु भेला हुने भजन, चुडका गाउने, आफुलाई मन परेको खाने कुराहरु सामुहिक रुपमा ग्रहण गर्ने जस्ता कार्यक्रमहरु हुने गरेका छन ।
केन्द्रको आफनै भवन समेत रहेको र यथेष्ठ जग्गा समेत रहेकाले पार्क टहल्ने हप्ता दिनको सुख दुख बिसाउने चौतारीको रुपमा यहा आउने
बृद्धबृद्धाहरुले लिने गरेका छन ।
केन्द्र प्रति अपनत्वको भावना समेत जागृत हुदै जादा आज भोलि सो केन्द्रमा साप्ताहिक रुपमा १०० देखि २०० सम्म बृद्धबृद्धाहरु आउने गरेको केन्द्रका अध्यक्ष घिमिरेको दावी छ ।