११ कार्तिक २०८१, आईतवार
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

  • टाइम्स संवाददाता

  • १० चैत्र २०७९, शुक्रबार ०७:३८

काठमाडौं : वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।  ८६  वर्षीया ताम्राकारको गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो। ​

वि.सं. २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ। उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाइएको छ।

Nabintech