लेखक
१. द्वन्द्वात्मक भौतिकवाद १. मार्क्सवाद मार्क्सवाद कार्ल मार्क्स र फेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
मार्क्सवादका तीन संघटन अंग मार्क्सवादका तीन संघटक अंग रहेका छन् । ती हुन् – दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । -१) मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ । -२) मार्क्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ ।
यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो । -३) वैज्ञानिक समाजवाद वर्गसंघर्ष इतिहासमा बलप्रयोगको भूमिका, र्सवहारा श्रमजीवी वर्गको नेतृत्व र अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो । यसलाई विकसित तुल्याउने काममा लेनिन र माओको महत्वपूर्ण योगदान रहेको छ। मार्क्सवाद – लेनिनवाद मार्क्सवादको मार्क्सवाद – लेनिनवाद जसरी जुन परिस्थितिमा विकास भयो त्यसका तीन गुणात्मक चरण छन् । ती हुन्ः- -क) मार्क्सवादको चरण : मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो र मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद र्सवहारावर्ग श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो । -ख) लेनिवादको चरण : मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो ।
पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र र्सवहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन -१८७० – १९२४) लेनिवादका प्रतिपादक हुनुहुन्छ । -ग) माओवादको चरण: पूजीवादको पूर्णरूपमा विकास नभएका मुलकमा मजदुर किसानले समाजिक तथा राष्ट्रिय मुत्ती आन्दोलन वा दिर्घकालीन जनयुद्ध माध्यम बाट सामाजिक तथा राष्ट्रिय मुत्ती आन्दोलन सफल भए पछि सामन्तवाद र दलाल तथा नोकरशाही पूँजीवादलाई उच्छेद गरि राष्ट्रिय पूँजी विकस गरि सामजवादी चरणमा प्रवेश गर्ने ।
तर विश्व कम्युनिस्ट आन्दोलनको १९९० पछि गएको रक्षात्मक चरण र अनुभवका आधारमा नेपाली जनक्रान्ती सिर्जनात्मक तथा मौलिक सिद्धान्तको रुपमा नेकप(एमाले) पाँचौ राष्ट्रिय महाधिवेशन वाट परित जनताको बहुदलिय जनवाद जो १४ वटा विशेषताले युत्त छ त्यो सिद्धान्त वा जनताको बहुदलीय जनवाद नै मार्क्सवादी दर्शनको नेपाली वा नविनत तथा तेस्रो चरण हो