१३ मंसिर २०८१, बिहीबार
सिन्धुलीमा भारतीय कार दुर्घटना, चारजनाको मृत्यु

अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ


  • टाइम्स संवाददाता

  • २९ चैत्र २०७९, बुधबार ०६:५९

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एकजनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा बिहान ४: २० मा मृत्यु भएको हो।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको हो।

कार करिब ५०० मिटर तल खसेको प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिए। मृत्यु भएकाको सनाखत भइनसकेको प्रहरीले जनाएको छ। कारमा पाँचजना सवार थिए। अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

 

Nabintech