काठमाडौँ : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलाको १ हजार रुपैयाँले बढेको छ । मङ्गलवार सुन प्रतितोला ५०० रुपैयाँले रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।