२२ बैशाख २०८१, शनिबार
नयाँ वर्ष

  • गौतम बुटवल

  • १ बैशाख २०८०, शुक्रबार ०९:४२

घामको लाली पोतेर आओस् नयाँ वर्ष ।

मीठो सुवास बोकेर आओस् नयाँ वर्ष ।।

अभ्यास हो जिन्दगी सफल होस सबैको,

सजिलो शुत्र बोकेर आओस् नयाँ वर्ष ।।

सबैको मनमा सुख शान्ति शुभ होस सधै,

अशुभलाई छलेर आओस् नयाँ वर्ष ।।

हर्ष उल्लास उमंग खुशी लिएर यता,

दुख कष्ट उतै छोडेर आओस् नयाँ वर्ष ।।

Nabintech