२३ माघ २०८१, बुधबार
रुकुम पश्चिम आठविसकोट नगरपालिका : एकैपटक हटाइँदै २०० भन्दा बढी करार शिक्षक

नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको


  • टाइम्स संवाददाता

  • ४ बैशाख २०८०, सोमबार १०:०३

रुकुम पश्चिम : खर्च धान्न नसक्ने भन्दै रुकुम पश्चिमको आठविसकोट नगरपालिका एकैपटक २०० भन्दा बढी करार शिक्षकलाई हटाउने निर्णय गरेको छ। पालिकाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत २४६ जना करार सेवामा रहेका शिक्षक हटने भएका हुन्।

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो। नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ। नगरपालिका ले करारमा नियुक्त गरेका शिक्षकको सम्झौता अब नवीकरण नगर्ने बताएको छ।

नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिँदै आएको र पालिकामा विद्यालयको संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस् भन्ने उद्देश्यले करार शिक्षकको सम्झौता नवीकरण नगर्ने वैशाख २ गते शनिबार बसेको ७८ औँ नगरकार्यपालिका बैठकले निर्णय गरेको बताए।

नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

Nabintech