८ मंसिर २०८१, शनिबार
खण्डहर बन्दै बन्धा ! पुर्नरसंरचना कहिले ?

संरक्षण गरि पर्यटक तान्नुको साटो बन्धामा नुहाउन प्रतिबन्ध


  • प्रमोद रिजाल

  • ४ बैशाख २०८०, सोमबार ११:१४

कोहलपुर,बाँके: बिक्रम संबत २०२० साल फाल्गुण १८ मा नेपालका निमित्त भारतिय सरकारको सहयोगमा निर्मित कोहलपुर १० र १३ को सिमानामा रहेको बन्धा नहर आयोजनाको मुहान यतिबेला पर्नरसंरचनाको प्रतिक्षामा दिन प्रतिदिन खण्हर हुदै गएको छ ।

जिर्ण संरचनामा ठिङ्ग उभिएको यो आयोजनामा लक्ष्य बमोजिमको पानी बग्ने त कता हो कता उल्टो सिक्टा सिचाइको पानी ल्याएर डुडुवा खोलामा झारीएको छ । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेको सो आयोजना वरिपरी ६० को दशकमा पिक्निक स्पोट, आन्तरिक पर्यटनको आर्कषक गन्तब्य थियो तर बिभिन्न समयमा डुडुवा नालामा आएको बाढिले त्यस वरिपरीको सौन्दर्यलाई कुरुप पारेको मात्र नभई बाढिको त्रासमा त्यस वरपरका बासिन्दा रहदै आएका छन ।

डुडुवाको पानी खेर गईरहेको छ, न यो गाई भैंसिलाई खुवाउन मिल्छ न खेतबारीमा सिचाई गर्न नै कोहलपुर १० चटारका प्रधान थारु भन्छन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डाइरेक्ट ढल मिसाइएकाले पनि डुडुवाको पानी गाई भैंसिलाई समेत खुवाउन समस्या परेको थारुले कोहलपुर टाईम्सलाई भने । पहिले पहिले माछा मार्न थारु महिलाहरु परम्परागतरुपमा ढडिया लिएर डुडुवामा जाने, युवाहरु बल्छि लिएर जाने मात्र नभई प्रचण्ड गर्मिमा नुहाउन प्रयोग आउने पानी मिसावटकै कारण बेकामे समेत भएको छ ।

उन्ले झोलुगें पुल नहुदा गाई बाख्रा चराउन जाने तथा सामुदायिक बनमा घास दाउरा एबं संरक्षणका लागि जाने समेत अप्ठयारो भएको बताए । पुल हुदा सजिलो थियो अहिले सिक्टा सिचाईको नहर भएर जानुपर्छ गाई बस्तु लैजान ल्याउन सास्ति छ प्रधानले भने ।

कोहलपुर रिङरोडको सडक १३ नं. वडाको सिमानामा आइपुगेको भएपनि पुल नहुदा आयोजना कति लम्बिने हो र कहिले बन्ने हो उनको दुखेसो रहेको छ ।

त्यसो त बन्धा छेउछाउको स्थानलाई थारु संग्राहलय र स्मार्ट पार्कका निम्ति यस अघिको स्थानिय सरकारले डिपिआर गरिसकेको भएपनि परियोजना सञ्चालमा आउन भने ढिलाई भएको छ ।
सो परीयोजनालाई निरन्तरता दिंदै कोहलपुर क्षेत्रमै आर्कषक पर्यापर्यटन प्रर्बदनमा कोहलपुर नगरपालिकाले हात झिकि नसकेको नगर प्रमुख पुर्ण प्रसाद आचार्य बताउछन । उनले थारु संग्रहालय, स्मार्ट पार्क, पिकनिक स्पटसंगै होम स्टे निर्माणका लागि यस बर्ष करीब डेढ करोड रकम बिनियोजन गरेको र कार्यान्वयन गर्न आफु प्रतिबद्ध भएको कोहलपुर टाइम्ससंगको संबादमा बताए ।

हामी त्यस स्थानलाई आन्तरिक पर्यापर्यटकको गन्तब्य बनाउन आर्कषक योजना अघि सार्ने जर्मको मा छौं तर यस अघि भएको झोलंगे पुल र बांध निर्माण गर्ने जिम्मा भने प्रदेश वा संघको रहन्छ स्थानिय सरकारले खर्च धान्ने स्थिती बाहिरको कुरा हो, हामी सो बारे पहल गर्न चुक्ने छैनौ आचार्यले भने ।

यस क्षेत्रको मुहान सदुपयोग गर्दै बांकेका बिभिन्न ठाउमा पनि पुरयाउने लक्ष्यका साथ बांध देखि २३ किलोमिटर नहरको काम गर्न पप्पु कन्ट्रक्सनलाई ठेक्का जिम्मा दिइएकोमा सो कम्पिनीले २ प्रतिशत मात्र काम गरेर भागेपछि सो परियोजना खारेज भएको छ । २ प्रतिशत काम सम्पन्न भने पनि नहरका छड खिया लागेर काम नलाग्ने स्थितीमा पुगेका छन समग्रमा यो योजनामा जे जति खर्च भयो सबै बालुवामा पानी सरह भएको छ सिक्टा सिचाईका गेट अपरेटर असिम केसिले भने ।

डुडुवा सिचाई आयोजना शुरु भएपश्चात पिप्रहवाबाट राधेपुर, रांझाबाट इन्द्रपुर र कोहलपुरबाट पुरैना पुरैनि सम्म सिचाई हुने गरेको थियो । जिल्ला सिचाईको मातहतमा रहेको डुडुवा सिचाई सिक्टा सिचाई आयोजना आएपछि सो आयोजनामै गाभिएको र सो रुटका नहरमा सिक्टाकै पानी बग्ने गरेको अपरेटर केसिले कोहलपुर टाईम्सलाई बताए ।

डुडुवा नालामा बिभिन्न कटान हुने क्षेत्रमा तटबन्ध गरि बग्ने पानीको सदुपयोग गर्नसके कृषि क्षेत्रमा सिचाईको समस्या हल गर्न सहज हुने भन्दै स्थानियबासिले डुडुवामा डाइरेक्ट ढल मिसाउने , फोहर बिषादि प्रयोग गर्ने जस्ता कार्य तत्काल रोक्न नगरपालिकाले उचित कदम चाल्नुपर्ने बताउछन ।

संरक्षण गरि पर्यटक तान्नुको साटो बन्धामा नुहाउन प्रतिबन्ध

कोहलपुरको आर्कषक गन्तब्य रहेको बन्धामा सुरक्षाको दृष्टिकोणले भन्दै यतिबेला कोहलपुर नगरपालिकाले डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाएको छ । संरक्षण , संबद्धन र सुरक्षाका साधन अपनाई नुहाउने ब्यब्स्था गरिनुको साटो नुहाउन तथा पौडि खेल्न नै प्रतिबन्ध लगाइनु नगरपालिकाको हतास मानसिकताको रुपमा आम नागरिकहरुको बुझाई रहेको छ ।

छिमेकि पालिकाको ढकेरी पार्कमा अहिले स्थानिय वा बाह्य जिल्लाका पर्यटकहरुको जसरी घुईचो लाग्ने गरेको छ त्यो भन्दा १० गुण बढि चलाएमान बनाउन स्थानिय सरकाले खासै चासो नदिएको पाईन्छ ।आम्दानि हुने क्षेत्रमा भन्दा पनि नगरले अनुउत्पादक क्षेत्रमा लगानि बढि गरिरहेको सन्दर्भमा पनि बन्धा पर्यटकिय क्षेत्र बन्न नसकेको स्थानिय लक्ष्मि आचार्य बताउछिन ।

बैजनाथले समेत ठाउ ठाउमा पार्क निर्माण गरेर आम्दानि गर्ने बाटो खोलेको छ भने स्थानियलाई मनोरञ्जन दिने खालका बिभिन्न संरचना बनाउन पहल गरिरहदा कोहलपुर भने निकै पछाडि परेको आचार्यको भनाई रहेको छ ।
केहि मान्छे पौडि खेल्ने क्रममा मरेको भन्ने आधारले नुहाउन प्रतिबन्ध लगाउनु हास्यास्पद रहेको भन्दै स्थानिय संजय मण्डलले गाडि दुर्घटना हुन्छ भनेर गाडि नै नचलाउने त अब । बन्धा वरिपरी फुल, रुख बिरुवा रोप्दै पर्यटन र पिकनिक स्थलसंगै थारु होम स्टे देखि थारु संग्रालयको यथाशिघ्र बनाउनुपर्ने भन्दै मण्डलले स्थानिय सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

 

 

Nabintech