१८ बैशाख २०८१, मंगलवार
कोहलपुरमा एक दिने अङ्ग्रेजी भाषा शिकाई शिक्षण तालिम

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०८०, शनिबार ०९:०२

कोहलपुर,बाँके: बाँके जिल्लाको कोहलपुर क्षेत्रका माध्यामिक बिद्यालयहरुको सक्रिय संगठन इनोभा नेपाल (INNOVA, NEPAL) कोहलपुरको आयोजनामा १ दिवसिय अङ्ग्रेजी भाषा शिकाई शिक्षण तालिम शनिबार कोहलपुरमा शुरु भएको छ।  इनोभा नेपालका अध्यक्ष शिव डागीको अध्यक्षता र कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमालको प्रमुख अतिथ्यतामा शुभारम्भ भएको तालिममा कोहलपुर क्षेत्रका ९ विद्यालयका ४० शिक्षकहरुको सहभागीता रहेको छ।

तालिम शुभारम्भका अबसरमा प्रमुख अतिथी नगर शिक्षा प्रमुख राम बहादुर हमालले अङ्ग्रेजी बिषयको भाषा शिक्षा शिक्षण तालिमले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने भन्दै अन्तरदेशिय भाषा समेत रहेको अङ्ग्रेजी भाषालाई सहज र सरलिकरण तरिकाले सिक्ने र सिकाउने वातावरणको सिर्जर्ना गरिनुपर्ने आजको आबश्यकता भएको औंल्याए । कार्यक्रममा राम जानकि मा.बि.का निर्देशक दिनेश सिग्देलले अङ्ग्रेजी भाषा शिकाई शिक्षण तालिमलाई उपलब्धिमुलक बनाउन सहभागिहरुसंग आग्रह गरे ।

तालिम शुभारम्भ कार्यक्रममा तक्षशिला एकेडेमिका अध्यक्ष विष्णु प्रसाद वेल्वासे, शिखा एकेडेमिका निर्देशक डा.राज कुमार सुबेदी, ब्राईटलाईट एकेडेमिका संस्थापक प्रिन्सिपल गोबिन्द चौधरी बिभिन्न बिद्यालयका संस्थापक, शिक्षक, शिक्षिका समेतको उपस्थिती रहेको तालिमको सहजीकरण प्रमोद सुवेदी, राम बहादुर हमाल र बिन्दु सुवेदी गरिरहेका छन ।

Nabintech