नेपालगन्ज:रामजानकी मन्दिर रानितलाउ समितिको आयोजनामा आइतबार भगवान श्री परशुराम जन्मोत्सवको अवसरमा शोभायात्रा र्याली नेपालगन्जमा विभिन्न धार्मिक संगठनहरुले पैदल तथा मोटरसाइकल र्याली निकालिएको थियो ।
आइतबार बिहान ८ बजे शोभायात्रा र मंगल कलश यात्रा गरी पुन भगवान परशुराम मन्दिर रानितलाउमा हवन, पुजापाठ, प्रसाद ग्रहण रहेको थियोे ।
श्री भगवान परशुराम हिन्दु धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ । परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ । परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणेका थियो । परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।