१४ मंसिर २०८१, शुक्रबार
निमित्त नै नदिएर कहाँ हराय त सुनार ! यस्तो चर्को गर्मीमा सेवाग्राहीलाई सास्ती

कार्यालय प्रमुखहरुलाई नियमन गर्ने निकाय किन मौन छ


  • टाइम्स संवाददाता

  • १३ बैशाख २०८०, बुधबार १८:२५

नेपालगञ्ज:यातायात कार्यालय बाँकेमा सेवाग्राहीले दैनिक जसो दुख पाउने गरेका छन । कार्यालय प्रमुखसंगको काममा आउदा सेवाग्राहीहरुले आफ्नो काम नभएको भन्दै आक्रोश ब्यक्त गरेका छन । बर्दिया राजापुरबाट लाईसेन्सको काममा आएकी महिलाले कार्यालय प्रमुख नभएको भन्दै पुन आउनुपर्ने अवस्था आएको बताईन । दैनिक सयको हाराहारीमा सेवाग्राहीहरु बिनाकाम फर्किने गरेको कार्यालयका एक कर्मचारीले बताए ।

कार्यालय प्रमुख लोकबहादुर सुनार कार्यालयका कर्मचारीहरुलाई बिना सुचना र अख्तियारी बिना सम्पर्क नहुँदा कामको सिलसिलामा आउने सेवाग्रहीहरुले दुख पाउने गरेका छन । उनी दुई तिनदिन देखि कार्यालयमा उपस्थित नभएको एक कर्मचारीले बताए । सुनार आफु कार्यालयमा पनि नजाने र आफ्नो कामको अख्तियारी पनि कुनै कर्मचारीलाई नदिदा अख्तियारी बिना आफुहरु जनतालाई सेवा दिनबाट बञ्चित भएको बताएका छन । कार्यालयमा सुनार पछिका अधिकृतहरु रहेको भएता पनि बिना जानकारी र बिना अख्तियारी उनी कार्यालयमा उपस्थित भएता पनि जनताहरुको काम गर्न असमर्थ रहेको बताएका हुन ।

अन्य अधिकृतहरुलाई अख्तियारी दिएको खण्डमा पनि आफ्नो काम सहज हुने नेपालगन्ज निवासी सेवाग्राहीले बताए । आफ्नो लाइसेन्समा फोटो स्पष्ट नभएका हुदा यहाँ आइयो हाकिम छैनन् अन्य कोठामा गयो हामीलाई हस्ताक्षर वा अन्य कामको अख्तियारी नभएको भन्दै कर्मचारीहरु उल्टै गुनासो गर्ने गरेको बताए । सेवाग्राहीले भने बारम्बार कार्यालय प्रमुखको नम्बरमा सम्पर्क गर्दा स्वीच अफ भन्छ सरकारी टेलिफोन बोकेर हिड्ने कस्तो गैरजिम्मेवार हाकिम रैछन उनले भने ।

पछिल्लो समय ट्रायलको समय हो त्यस क्रममा कार्यालय प्रमुखलाई बिभिन्न प्रलोभनहरु आउने भएर कार्यालयमा नआएका हुन कि भन्ने प्रश्नमा एक कर्मचारीले भने उहाँमा त्यस्तो स्वभाब छैन । खै के कति कारण हो उहाँ कार्यालयमा अनुपस्थित रहेको आफुहरुलाई कुनै जानकारी नभएको बताए । तर यस्तो समयमा पनि कार्यालय प्रमुख जस्तो ब्यक्ति कार्यालयको फोन नम्बर बोकेर स्वीच अफ नगर्नु पर्ने हो एक कर्मचारीले भने ।

यसरी दैनिक सयौ सेवाग्राहीहरुलाई सेवा दिने कार्यालयका कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित हुनु र कुनै पनि कर्मचारीलाई अख्तियारी नदिनुले उनको गैरजिम्मेवार हुन हदसम्मको हो त्यो सहजै अनुमान गर्न सकिन्छ ।

यस बिषयमा हामिले यातायात कार्यालयका सुचना अधिकारी माधब ज्ञवालीलाई बुझ्दा आफुलाई पनि कुनै जानकारी नभएको बताए । हाकिम साब हुनुन्न ३ / ४ दिन देखि कार्यालयमा मैले पनि देखेको छैन र सम्पर्क गर्दा फोन पनि स्वीच अफ रहेको बताए । तपाईले सेवाग्राहीहरुको काम गर्नुहुन्न नि भन्ने प्रश्नमा ज्ञवाली भन्छन, मैले लिखित रुपमा कुनै जिम्मेवारी नपाएको हुदा र आधिकारीक ब्यक्तिले जिम्मेवारी नदिएको काम मैले गर्न निमिल्ने समेत बताए ।

सुनारले प्रयोग गर्ने नम्बरमा ९८५८०६०६९० मा सम्पर्क गर्दा स्वीच अफ भन्छ । यसरी गैरजिम्मेवार कार्यालय प्रमुख हुदा जिल्ला बाहिरबाट आउने सेवाग्राहीहरुले दुख पाउने गरेका छन भने कार्यालयका कर्मचारीहरु पनि जिम्मेवारी नपाउँदा काम बिहिन अबस्थामा थन्किने गरेका छन । यस्ता कार्यालय प्रमुखहरुलाई नियमन गर्ने निकाय किन मौन छ ? सार्वजनिक प्रयोजनका लागि दिइएको फोन नम्बर ३/४ दिन देखि स्वीच अफ हुदा सेवाग्राहीमा पर्न जाने असुविधाको शोधभर्ना कस्ले गर्ने ? यी बिबिध प्रश्नहरु खडा भएका छन ।

Nabintech