कोहलपुर, बाँके: कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपालगञ्ज निवासि २ जना ब्यक्तिहरु घाइते भएका छन्। नेपालगन्ज देखि कोहलपुर आईरहेको भे ९ प ८९२३ नम्बरको मोटरसाईकल कोहलपुर ११ कौसिल्या अस्पताल नजिकै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष ३० का सुरज मिश्र र अन्य एक जना सोहि मोटरसाइकलमा सवार बर्ष २८ का दशरथ कोरी घाईते भएका हुन् ।
कोहलपुर पिपलचौतरा स्थित कौसिल्या अस्पतालमा प्राथमिक उपचार पश्चात निजहरुलाई ईलाका प्रहरी कार्यलय लगिएको छ । दुवै जना मोटरसाईकलको ट्रायल दिन जादै गर्दा दुर्घटनामा परेको स्वास्थ्यकर्मि दिपकराज पोख्रेलले काहलपुर टाईम्सलाई बताए ।
फोटो सौजन्य: दिपकराज पोख्रेल