११ मंसिर २०८१, मंगलवार
तक्षशिलामा लुकेको पाठ्यक्रम सम्बन्धि प्रशिक्षण

प्रशिक्षणले शिक्षक कर्मचारीहरुमा आफनो दायित्व तथा कर्तब्य बोध हुनेछ


  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८०, शुक्रबार १२:३८

कोहलपुर, बाँके :बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमीले आज शुक्रबार एक दिवसिय ( hidden curriculum ) लुकेको पाठ्यक्रम सम्बधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका, प्रशासनिक कर्मचारी, चालक सहचालक लगाएत ५० बढिको सहभागिता रहेको रहेको थियो । प्रशिक्षण कार्यक्रमको सहजिकरण बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका उप प्राध्यापक टेकेन्द्र महतरा र खोपिराम वलिले गर्नु भएको थियो ।

बिद्यालयमा शैक्षिक गुणस्तरका निम्ति नियमित पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलाप समेत गर्दै आएको तक्षशिला एकेडेमीले शैक्षिक सुधार, बाल बालिकाहरुको मनोभावना तथा रचनात्मक शिक्षामा समेत पहुच पुग्ने गरि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बिद्यालयका अध्यक्ष विष्णु वेल्वासेले बताए ।

 

विद्यालयमा पश्चिम क्षेत्रमा नै स्विमिङ पुल, मनोपरामर्श सहितको बाल बालिकाले शिक्षा पाईरहेको विद्यालयका सञ्चालक खोपिराम वलिको कथन रहेको छ ।एक दिवसिय कार्यक्रमबाट विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुमा आफनो दायित्व तथा कर्तब्य बोध हुनुका साथै बिद्यार्थीहरुका भबिष्यका बारेमा गम्भिर भएर काम गर्न प्रेरणा मिल्ने विद्यालयले विश्वास लिएको छ  ।

Nabintech