१० मंसिर २०८१, सोमबार
नाट्टा बाँकेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुझायो ज्ञापन पत्र

ज्ञापन पत्र बुझिसकेपछि मुख्यमन्त्री चौधरीले नेपालगन्जको विकासका लागि आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन


  • टाइम्स संवाददाता

  • २८ बैशाख २०८०, बिहीबार १७:५०

बाँके: विभिन्न माग राख्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापन पत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त ज्ञापन पत्रमा द्वन्द्वकाल देखि हालसम्म ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टहरु नविकरण नहुनसकेकाले न्युनतम शुल्क लिई एउटै मापदण्ड कायम गरी नवीकरण गरिनुपर्ने, नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालन सम्बन्धमा हाल भइरहेको कारबाहीलाई केन्द्रिय सरकारसँग समन्वय गरि आवश्यक पहल गरिनुपर्ने, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नेपालगन्जमा स्थापना भए पश्चात पनि बजेट अभावको कारण देखाई तहाँ कार्यरत कर्मचारीहरुलाई फिर्ता बोलाइएको र पुनः सञ्चालनको कुनै पहल नभएकोले त्यसतर्फ आवश्यक कारबाही गरिनुपर्नेमा माग गरिएको छ ।

यस्तै बैंक  ग्यारेन्टी, झन्झटिलो दर्ता तथा नवीकरण प्रक्रिया सहजता ल्याउनुपर्ने, ट्राभल एजेन्टको अनुमति पत्र नलिई हवाई टिकट जारी गर्ने, कार्यलय खोली कारोबार गर्ने गराउने कार्य तत्काल रोकिनुपर्ने, अनलाइन तथा वित्तीय संस्थाहरुको अबैध पर्यटकिय कारोबार बन्द गरिनुपर्ने, पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न पर्यटन व्यवसायीका छाता संगठनहरुसँग परामर्श गरि बजेट तर्जुमा गर्ने परंपराको थालनी गर्नुपर्ने, प्रदेश अन्तर्गतका सीमा नाका, अध्यागमन, भन्सार पर्यटकमैत्री एवं नेपालगन्ज लगायत पर्यटकीय गन्तव्य भएका जिल्लामा पर्यटन प्रहरी गठन गरि परिचालन गर्नुपर्ने नाट्टा बाँकेको माग छ ।

नाट्टा बाके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल साथमा नाट्टा बाके च्याप्टरका महासचिव झबी शर्मा र सचिब भागिराम ओलीको समेत सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागिता रहेको थियो ।

Nabintech