१७ कार्तिक २०८१, शनिबार
दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते

चारै जनाको अवस्था खतरामुक्त


  • टाइम्स संवाददाता

  • २ जेष्ठ २०८०, मंगलवार ०७:२०

दैलेख: दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन् । राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिनुभएको छ ।

Nabintech