१० मंसिर २०८१, सोमबार
प्रेस सेन्टर नेपाल बाँके उत्कृष्ठ शाखाका रुपमा सम्मानित

  • टाइम्स संवाददाता

  • १३ जेष्ठ २०८०, शनिबार १४:२०

काठमाण्डौं : प्रेस सेन्टर नेपाल बाँके शाखा देशभरमै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ । काठमाण्डौंमा जारी प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा उत्कृष्ठ शाखाका रुपमा बाँके शाखालाई सम्मानित गरीएको हो ।सो अवसरमा बाँकेसहित देशभरका तिन वटा उत्कृष्ठ शाखालाई सम्मान-पत्रले सम्मानित गरीएको हो ।

शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ । साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको छ ।

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर प्रेस सेन्टर नेपालको २०६१ सालमा स्थापना भएको हो ।

संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा एक सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोस्रो पूर्ण बैठकबाट संगठनको महासचिवमा सन्तोष पौडेलसहित एक बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।

Nabintech