१० मंसिर २०८१, सोमबार
कोहलपुर काङ्ग्रेसमा पहिरो, ३७ बर्ष काङग्रेसमा लागेका श्रेष्ठले त्यागे पार्टि (सुचि सहित)

पार्टिमा भएको बेथिती तथा नेतृत्वको स्वईच्छारी नितिप्रति असन्तुष्ट जनाउदै पार्टि परि त्याग गरेको बताए


  • प्रमोद रिजाल

  • १३ जेष्ठ २०८०, शनिबार १५:५१

कोहलपुर,बाँके:३७ बर्ष सम्म बिपिको समाजबाद बिचार बोकेका नेपाली काङ्ग्रेसमा लागेका निष्टावान काङ्ग्रेस नेता राजेन्द्र श्रेष्ठले पार्टि परित्याग गरेका छन । उनले पार्टिमा भएको बेथिती तथा नेतृत्वको स्वईच्छारी नितिप्रति असन्तुष्ट जनाउदै पार्टि परि त्याग गरेको बताएका छन । काङ्ग्रेसले बि पि कोइरालाको समाजवादको नीति व्यवहारमा त्यागेको र गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराईको त्यागको अबमुल्यन गरि भ्रष्टाचारमा चुर्लुम्म डुबेको र टिकट दिदा समेत मुल्यांकन नगरी पैसा लियर टिकट दिने र सिमा मिचिदा नबोल्ने भयकोले चित्त नबुझेर पार्टि परित्याग गरेको श्रेष्ठले कोहलपुर टाईमसको प्रश्नमा भनेका छन ।

श्रेष्ठको नेतृत्वमा कोहलपुरबाट राम बहादुर बिष्ट, अजय भट्टराई,दुर्गा घिमिरे, रेशम बहादुर गिरी पुष्पदेव गिरी, नन्द लाल अर्याल,गौरव रावल,डण्डपानी कंडेल,नविन निश्चल आचार्य, लगाएत ७६ जनाले पार्टि परित्याग गरेका छन ।

निम कटेज कोहलपुरमा भेला भएका अधिकांश नेपाली काङग्रेस सर्मथक र केहि नेकपा एमालेका सर्मथकले समेत पार्टि छोडेको घोषणा गरेको भए पनि तुरुन्तै कुन पार्टिमा प्रबेश गर्ने वा स्वतन्त्र बस्नेबारे भने केहि जानकारी दिईएको छैन ।

एक सहभागिका अनुसार पुरानो पार्टि त्याग गरेकाहरु नयाँ पार्टि राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रबेश गर्ने अनुमान लगाएका छन । पार्टि परित्याग गर्नेहरुको भेलामा बर्तमान देशको परिस्थितीलाई मध्य नजर गर्दै शासन विकास र सार्वजनिम सेवा प्रवाहमा क्रमश उन्नयन सम्मुनत र संबृद्धि एबं सेवा प्रवाह छिटो छरितो र जनमुखि बनाउन एक मात्र अनिबार्य शर्त सुशासन कायम गर्नुपर्ने भन्ने ध्ययकासाथ बााके जिल्ला नेपाली काङ्ग्रेसका सदस्य राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टि परित्याग गरेको उल्लेख गरिएको छ ।

 

 

 

Nabintech