११ मंसिर २०८१, मंगलवार
मुग्लिन बस दुर्घटनामा ३२ घाइते,राप्ति सोनारीमा दुर्घटनामा परि २ जनाको मृत्यु

मुगुवा खोला नजिकै बस र कार ठोक्किँदा कर चालकको घटनास्थलमै मृत्यु


  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०८०, मंगलवार १९:१३

मुग्लिन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा  ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको  बस  आज  दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई उछिन्ने क्रममा भित्तामा ठोक्किएर पल्टिएको प्रहरी निरीक्षक तामाङले बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ। सडक दुईतर्फी सञ्चालनका लागि क्रेनको सहायताबाट दुर्घटनामा परेको बसलाई सडकबाट हटाउने प्रयास भइरहेको निरीक्षक तामाङले बताए।

राप्ति सोनारीमा दुर्घटनामा परि २ जनाको मृत्यु

बाँकेको राप्तीसोनारी गाँउपालिका ८ ढकेरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो ६:३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार र पूर्वतर्फ जादै गरेको बस एक आपसमा ठोक्किदा ब १३ च ८२५३ नम्बरको कारमा सवार बुटवल उपमहानगर पालिका वडा नं. ५ निवासी ५४ बर्षिय डा. सन्जु खाती र कार चालक गोरखाका ३७ बर्षिय सुवास अधिकारीको घटना स्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दाङबाट बाँकेतर्फ आउँदै गरेको उक्त कार र भे १ ख ३३३५ नम्बरको बस राप्तीसोनारी ८ स्थित आर्मी ब्यारेक नजिकै एकआपसमा जुधेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा यात्रा गर्नेहरू भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

 

Nabintech