११ मंसिर २०८१, मंगलवार
राप्ती सोनारीले वितरण गरयो अनुदानमा कृषि उपकरण

यहाँ बेमौसमी मकै खेती पनि उल्लेखनिय रुपमा हुन्छ


  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८०, मंगलवार १३:४०

राप्ती सोनारी:बाँकेको राप्ती सोनारी गाउँपालिकाले आइतबार ५० लाख रुपैयाँको कृषि उपकरण वितरण गरेको छ । कृषकहरुलाई कृषि उत्पादन बढाउन सहयोग भन्ने उद्देश्यले पालिकाले ५० प्रतिशत अनुदानमा वडा नम्बर ३ मा ६० वटा उपकरण वितरण गरेको हो ।

पालिकाका अध्यक्ष तप्तबहादुर पौडेल राप्ती सोनारीले कृषिलाई प्राथमिकता राखेको हुनाले कृषकको मागअनुसारका कृषि उपकरणहरु अनुदानमा वितरण गरिएको बताए । ‘राप्ती सोनारीका अधिकांश जनता कृषिमा आवद्ध छन् र हामीले कृषिलाई प्राथमिकता दिँदै गर्दा पालिकामा व्यवसायी खेती गर्ने किसानको पनि वृद्धि भएकाले उनीहरुको आवश्यकतालाई मध्यनगर गर्दै अनुदानमा हामीले उपकरण दिन सफल भयौं,’ पौडेलले भने ।

राप्ती सोनारीले वडा नम्बर ३ का २० हर्स पावरको १० वटा पावर टिलर, ३ हर्स पावरको ३० वटा मोटर र १६लिटर क्षमता भएको २० वटा स्प्रे ट्यांकी वितरण गरेको हो । उक्त उपकरण राप्ती सोनारी गाउँपालिकाको सहयोगमा सञ्चालित भुवर भवानी धान बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वितरण गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष मिनकुमार थारुले बताए । उक्त कार्यक्रम भुवर भवानी बहुउद्देयशिय कृषक सहकारी संस्था लिमिटेडमार्फत पालिकाले संचालन गरेको थारुले बताए ।

थारु वडा नम्बर ३ का लागि वितरण गरिएको उपकरण धेरै नै लाभदायी हुने बताउँछन् । ‘वडा नम्बर ३ पालिकाको सबैभन्दा बढी कृषि उत्पादन हुने क्षेत्रमा पर्छ । यहाँ बेमौसमी मकै खेती पनि उल्लेखनिय रुपमा हुने गर्दछ । चाहे जुन शिर्षकमा भए पनि कृषि उपकरण वितरण गर्र्ने हामी सफल भयौं । यसले धान खेतीमात्र नभएर अन्य खेतीलाई पनि धेरै सहयोग पुग्न,’ वडा अध्यक्ष थारुले बताए ।

Nabintech