१० मंसिर २०८१, सोमबार
कोहलपुर नगर शिक्षाले थप्यो दुई दिन गर्मि बिदा (सुचना सहित)

पठनपाठन स्थगन भएपनि बिद्यालयका प्रसासनिक कामकाज भने सुचारु रहने


  • टाइम्स संवाददाता

  • २४ जेष्ठ २०८०, बुधबार १४:१८

कोहलपुर,बाँके: अत्यधिक गर्मीका कारण कोहलपुर नगरपालिकाले बिद्यालयहरुमा थप दुई दिन पठनपाठन बन्द गर्न भन्दै एक सुचना जारी गरेको छ ।शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमालद्धार हस्ताक्षरीत सुचनामा मौसम सुधार नभएको जनाउदै २२ गतेदेखि दिईएको बिदालाई निरन्तरता दिंदै २६ गते शुक्रबार सम्म गर्मि बिदा दिई पठनपाठन स्थगन गर्न भनिएको छ । बिद्यालयमा अध्ययनरअध्यापन गर्न गराउन कठिनाई भएको भनि शिक्षक, बिद्यालय तथा अभिभावकबाट प्राप्त सूचनाका आधारमा थप २ दिनसम्म विदा गरिएको हमालले बताए ।

बर्षे बिदाबाट कट्टी हुने गरी यही जेठ २२ गतेदेखी २४ गते सम्म गरिएको बिदा शुक्रबार सम्म थप गरिएपछि अब कोहलपुर नगर क्षेत्रका बिद्यालयहरुमा आईतवार मात्र पठनपाठन हुनेछ। गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिका, राप्ति सोनारी,खजुरा तथा बैजनाथ गाउँपालिका लगायतका स्थानीय तहले पनि बिद्यालय पठनपाठन स्थगन गरिसकेका छन् । पठनपाठन स्थगन भएपनि बिद्यालयका प्रसासनिक कामकाज भने सुचारु रहनेछन ।

गर्मिकै कारण बाके जिल्लामा वालवालिका समेत विरामी पर्न लागेका समाचारहरु बाहिर आएका छन । नेपालगञ्ज तथा कोहलपुरमा गर्मिबाट हुने बिरामीहरुको चाप बढ्दै गएको चिकित्सकहरुले जनाएका छन ।

भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उनले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताइन् । तीमध्ये चारदेखि पाँच  बिरामी बालबालिका भर्ना हुने गरेका छन्  । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ ।

उनले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग  गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव दिइन् । मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने  उनको भनाइ छ । अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाब दिइन् ।

Nabintech