१० मंसिर २०८१, सोमबार
न्यायका लागि मोटर साईकल रयालि सहित प्रर्दशन

जस्टिस फर प्रभात बस्याल, लाल बहादुर बिक जस्ता नारा छातिमा टासेर मोटर साईकल रयालिमा सहभागि


  • टाइम्स संवाददाता

  • २७ जेष्ठ २०८०, शनिबार १६:०४

कोहलपुर,बाँके: प्रभात बस्याल र लाल बहादुर बि.क.को न्यायका लागि कोहलपुर चौराहमा स्वतस्फुर्त रुपमा भेला भएका युवाहरुले मोटरसाईकल रयालि सहितको प्रर्दशन कार्यक्रम सम्पन्न गरेका छन । कोहलपुर चौराहबाट शुरु भएको मोटरसाईकल रयालि बिभिन्न प्ले कार्ड बोकेका युवाहरु राँझा सम्म पुगेर पुन कोहलपुर चौराहमा आई कोण सभामा परीणत भएका थिय ।

कोण सभालाई सम्बोधन गर्दै युवा नेता अर्जुन जंग शाहले आजको यस युगमा पनि जातिय भेदभाव जस्तो जघन्य अपराधलाई प्रसय दिएको प्रति आपत्ति प्रकट गरे ।

उनले प्रभात बस्याल र लाल बहादुर बि.क.ले दलित भएकै कारण उचनिचको ब्यबहार सहनु परेको भन्दै यस्ता बिभेदका बिरुद्ध सम्पुर्ण युवाहरु गोलबद्ध हुनुपर्नेमा जोड दिए ।

निमुखा जनताहरुको पनि न्यायसंगत रुपमा स्वतन्त्र रुपमा बााच्न पाउने अधिकार भएको औंल्याउदै सामाजिक न्याय र मानवअधिकारको प्रत्याभुत राज्यले दिलाउनुपर्नेमा जोड दिएका शाहले स्वतस्र्फुत रुपमा रयालिमा सहभागिहरुलाई धन्यबाद समेत प्रकट गरेका थिए ।
मानिस ठुलो दिलले हुन्छ जातले हुदैन, जस्टिस फर प्रभात बस्याल, लाल बहादुर बि.क. जस्ता नारा छातिमा टासेर प्रभात बस्याल र लाल बहादुर बि.क.का निम्ति आयोजित न्यायका लागि रयालिमा सयौं युवाहरुको सहभागिता रहेको थियो ।

Nabintech