११ मंसिर २०८१, मंगलवार
कोहलपुर नगरका बिद्यालयहरु भोलिबाट सञ्चालनमा आउने

पुर्वाधार सम्पन्न तथा वातावरण अनुकुल नहुने विद्यालयलाई ३ कक्षा सम्म अनिवार्य कक्षा सञ्चालन गर्नु नपर्ने


  • टाइम्स संवाददाता

  • ३० जेष्ठ २०८०, मंगलवार १३:४५

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको शिक्षा तथा खेलकुद शाखाले भोलि ३१ गतेबाट नगरका बिद्यालयहरुमा नियमित पठनपाठ गर्ने गरि सुचना जारी गरेको छ । नगर खेलकुद तथा शिक्षा प्रमुख राम बहादुर हमालले प्रचण्ड गर्मिका कारण २२ जेष्ठ देखि पठनपाठन स्थगन गरिएकोमा सरोकारवालाहरुको राय सुझावका आधारमा भोलि ३१ गतेदेखि बिहानको समयमा कक्षा सञ्चालन गर्न नगर भित्रका सबै सामुदायिक, संस्थागत, परम्परागत तथा गुठिहरुलाई पत्राचार गरेका हुन ।

बिद्यालय विहानको समयमा ६ बजेदेखि ११ बजे सम्म सञ्चालन गर्ने गरि गरिएको पत्राचारमा १५ मिनेट समय बिद्यालयले समायोजन गर्न सक्नेछन । कक्षा ४ देखि १० सम्मका कक्षाहरु अनिवार्य सञ्चालनमा ल्याउने गरि पत्राचार गरिएकोमा पुर्वाधार सम्पन्न तथा वातावरण अनुकुल रहेकाबिद्यालयहरुमा अभिभावकसंगको समन्वयमा प्रारम्भिक वाल विकास देखि कक्षा ३ सम्म सञ्चालन गर्न पाउनेछन भने
पुर्वाधार सम्पन्न तथा वातावरण अनुकुल नहुने विद्यालयलाई अनिवार्य कक्षा सञ्चालन गर्नुपर्ने छैन ।

 

Nabintech