१० मंसिर २०८१, सोमबार
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३१ जेष्ठ २०८०, बुधबार ०८:५४

काठमाडौँ:राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।  हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

‘स्वास्थ्य समान्य भएपछि उहाँ डिस्चार्ज हुनुभएको छ’, सचिवालय स्रोतले भन्यो।  मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो।  उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो।
Nabintech