१७ कार्तिक २०८१, शनिबार
रुकुम पश्चिमबाट १४ नाल वेवारिसे अबस्थामा रहेका भरुवा बन्दुक बरामद

ईजाजत पत्र प्राप्त नगरी हातहतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भिरता हेरी १० बर्षसम्म कैद र १ लाख रुपैयासम्म जरिवाना हुने


  • टाइम्स संवाददाता

  • ३२ जेष्ठ २०८०, बिहीबार १३:०९

रुकुम पश्चिम:  प्रहरी कार्यालय रुकुम पश्चिमले १४ नाल वेवारिसे अबस्थामा रहेका भरुवा बन्दुक बरामद गरेको छ ।

मुसिकोट नगरपालीका ८ किटेनिखोला जंगलमा ४ थान, मुसिकोट नगरपालिका ८ झिमखोलामा २ थान र मुसिकोट नगरपालीका ८ ओखरधारा जंगल ओडारमा ८ थान गरी जम्मा १४ थान भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले विभिन्न समयमा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार विभिन्न समयमा स्थानीयले सिकार खेल्ने प्रयोजनको लागी प्रयोग गर्ने र जंगलमै लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । बिशेष सूचनाको आधारमा बन्दुक बरामद गरिएको खड्काले बताउनुभयो ।

भरुवा बन्दुक तथा अन्य हातहतियार राख्ने व्यक्तिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले बताउनुभयो ।

ईजाजत पत्र प्राप्त नगरी हातहतियार राख्ने व्यक्तिलाई जोखिमको गम्भिरता हेरी १० बर्षसम्म कैद र १ लाख रुपैयासम्म जरिवाना हुने भएकाले यस्ता गतिविधि नगर्न नगराउन समेत उहाँले अनुरोध गर्नुभयो ।

Nabintech